विश्वासको मत लिन नव नियूक्त मुख्यमन्त्री शाहीले बाेलाए प्रदेश सभा बैठक
सुर्खेत ।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आव्हान गरेका हुन् । शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।
पहिलोप्रेस
३ मंसिर २०७८, शुक्रबार १३:३६