Loading... आजः ४ पुष २०८१, बिहीबार

१५ वर्षदेखि न्यायकै पर्खाइमा

कर्णालीमा द्वन्द्वका समयमा चार सय चार बढि घटना आयोगमा दर्ता भएका छन् ।

सुर्खेत ।
सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज मंसिर ५ गते १५ वर्ष पूरा भएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअ‍ेवादीले दशक लामो सशस्त्र युद्धलाई अन्त्य गरेर राष्ट्रिय राजनीतिको मुलधारमा आएको थियो । विस्तृत शान्ति सम्झौतामा भए अनुरुप संविधानसभाको निर्वाचन, संविधान निर्माण तथा लडाकूहरुको समायोजन जस्ता कार्यहरु पुरा भएका छन् । तर, बेपत्ता पारिएका व्यक्तिको अवस्ता भने अझै अज्ञात छ । तत्कालिन समयमा सरकारले द्वन्द्वकालिन समयमा घटेका घटनाको सत्य तथ्य छानबिन गरी पीडकलाई कारवाही गर्ने हेतुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाउन आयोग भएका यी दुवै आयोगले न त न्याय दिएका छन् । न त वेपत्ता नागरिकको अवस्था पत्ता लागेको छ । अहिले यी दुवै आयोग निस्कृय जस्तै छन् ।

अहिले यी आयोगले उजुरी लिने बाहेक अरु केही गर्न सकेको अवस्था छैनन् । तत्कालिन समयमा राज्य पक्ष र विद्रोही माओवादी पक्षबाट गरी कर्णालीमा ४०४ जना वेपत्ता पारिएका घटना आयोगमा दर्ता भएका छन् । तिमध्ये ८२ वटा घटनाको लगत कट्टा भइ सकेका छन् । आयोगका चारवटा टोलीले तत्कालिन द्वन्द्वका समयमा कणर्ालीमा दर्ता भएका १३६ वटा उजुरीको प्रारम्भिक अध्ययन गरेर फर्किएका छन् । टोलीले रुकुम पश्चिमका ३६, कालीकोटका ४५, जुम्लाका २०, मुगुका २५, डोल्पाका ६ र हुम्लाका चारवटा उजुरीको विस्तृत अनुसन्धान थालेको बताएको थियो । तर त्यो अध्ययन कहाँ पुग्यो, कसैलाई जानकारी दिइएको छैन । सशस्त्र द्वन्द्वबाट पीडित उनीहरूले शान्ति सम्झौताको १५ वर्ष पुगिसक्दा पनि न त न्याय पाउन सकेका छन् न त राहत नै । दैलेखको नारायण नगरपालिका-३ की रत्ना रेग्मीका श्रीमान् उदयराम रेग्मी शिक्षक थिए । २०५७ सालमा सशस्त्र द्वन्द्वका बेला रेग्मी पढाउने विद्यालयबाटै राज्य पक्षबाट वेपत्ता पारिए । २०६१ मंसिर ५ गते साँझ रत्नालाई तत्कालिन नेपाली सेनाको भवानी गणको टोलीले उनकी आठ महिनाकी छोरीसहित गिरफ्तार गरी मरणासन्न हुनेगरी यातना दियो । सेनाको चरम याताना पश्चात गम्भीर घाइते उनलाई इन्सेकले उद्वार गरी रेग्मीको जीवन रक्षा गर्‍यो । तीन महिनासम्म बेहोस अवस्थामै रहेकी रत्नाको तीन वर्षसम्म इन्सेकको सहयोगले काठमाडौंमा मानसिक उपचार भयो ।

छोराछोरीलाई उनका सासु-ससुराले हेरचाह गरे । शरीरमा करेन्ट लगाइएका कारण अहिलेसम्म पनि उनी शारीरिकरूपमा अशक्त छिन् । बुहारीको खोजी गर्न गएका रत्नाका ससुरालाई समेत सेनाले ६३ दिन हिरासतमा राख्यो । यी क्षण रत्नाका लागि कहिल्यै नमेटिन दाग बनेर बसेका छन् । यी दागहरु उनले नत भुल्न सक्छिन, नत मेटाउन नै । मृत्युलाई जितेकी रत्नाले आफ्ना श्रीमान् उदयको २०६२ मै सेनाले हत्या गरिसकेको थाहा पाइन् । शान्ति प्रक्रियापछि मात्र आफ्नो श्रीमान्को हत्या भएको थाहा पाएक कि रत्नाले ‘शान्ति सम्झौता भएको १५ वर्षसम्म पनि न्यायको कुनै अनुभूति गरेकी छैनन्,’ शान्ति भन्छिन्, ‘हाम्रो परिवारको रगतमा होली खेलेर सत्ता र शक्तिमा पुगेकाहरु अहिले बेखबर भइ दिदा थप पिडा भएको छ ।’ आफूहरूको शिक्षा, स्वास्थ्यमात्र होइन, गाँस, बास र कपासमा पनि तीनै तहका सरकारले कुनै चासो नदिएको गुनासो गर्दै भावुक भईन । यस्तै मुगुकी विजयसरा शाहीको पनि आफ्नै पीडा छ । द्वन्द्वको समयमा कालीकोट बम विस्फोटमा परी विजयसराको एउटा हात गुम्यो । सुर्खेतको भेरीमा भएको दोहोरो लडाइँमा परी उनका श्रीमान्को खुट्टा गुम्यो । श्रीमान् र श्रीमती दुवै अपाङ्ग भएर बाँच्नुपर्ने बाध्यता भएको बताउँदै शाहीले सरकार र आयोगले झन पीडा थपेको गुनासो गर्छिन । आयोग र सरकारले खालि पीडा सुन्ने तर न्याय नदिएको उनको गुनासो थियो । आयोगको काम पीडा सुन्ने मात्रै हो कि न्याय पनि दिने हो ?’

उनले भनिन्, ‘पुराना घटनालाई कोट्याएर पुरिन लागेको घाउ बल्झाउने काम मात्र भइरहेको छ, मल्हम लगाउन कोही आउँदैनन् ।’ सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट श्रीमान् बेपत्ता पारिएकी जाजरकोटकी विमला सुनारको भोगाइ पनि पीडादायक छ । लामो समयसम्म श्रीमानको अवस्था अज्ञात भएपछि सुनारले श्रीमानको मृत्यूदर्ता गर्न बाध्य भइन् । अहिलेसम्म उनले कसैबाट न राहत पाएकी छन् नत सहयोग नै । देश शान्ति प्रकृयामा आएको यतिलामो समय भइ सक्दापनि पीडितले न्याय नपाएर न्याएको खोजिमा भौतारिनु पक्कै पनि राम्रो पक्ष होइन । हिजो स्वतन्त्रताका चर्को आवज निकाल्नेहरुनै न्याय दिने स्थानमा छन् । अनाहकमै पीडित बनेकाहरुलाई तिनै चर्का नारा लगाउनेहरुले वेवास्था गरेको अवस्था छ । विगत १५ वर्षदेखि पीडितहरु कि लास चाहियो कि शास चाहियो भनेर लगातार न्याएको खोजिमै छन् तर, न्याय कहिले पाउने हुन् । या त न्याय नै नपाउने हुन् सजिलै भन्न सकिने अवस्था छैन ।


सम्बन्धित समाचार