Loading... आजः १ कार्तिक २०८२, शनिबार

वडा कार्यालय ध्वस्त पछिको वीरेन्द्रनगरको सेवाः समन्वय समितिको हलबाट वडा कार्य सञ्चालन

सुर्खेत । जेन–जी आन्दोलनका कारण वीरेन्द्रनगर नगरपालिकासहित वडा नम्बर एक देखि १२ सम्मका वडा कार्यालयहरुमा आगजनी भएको झण्डै दुई साता पुग्न लाग्दा आजबाट जिल्ला समन्वय समिति सुर्खेतको सानो हलबाट नागरिकलाई सेवा प्रवाह गर्न सुरु गरिएको छ ।

आन्दोलनका कारण वडा अधिकांश वडा कार्यालयहरु ध्वस्त भएका कारण नगरपालिकाले नागरिकलाई दशैंको मुखमा अत्यावश्यक सेवा पाउन सहज होस भनेर समन्वय समितिको हलबाटै भएपनि एकीकृत सेवा प्रवाह गरिएको नगरपालिकाका नगरप्रमूख मोहनमाया ढकालले बताईन ।

‘सबै वडा कार्यालयहरुका सामाग्री जलाइएका छन् । कार्यालयका कागजपत्र ध्वस्त भएका छन् । वडा कार्यालयबाट काम सुरु गर्नसक्ने अवस्था अहिले छैन ।’ उनले भनिन, ‘अहिले अर्को व्यवस्था नगरिएसम्म केहि समयका लागि यहाँबाट नै हामी नागरिकलाई आवश्यक पर्ने अत्यावश्यक सेवाहरु प्रवाह गर्छौ ।’

उनले भावनामा बगेर आगजनी गरी कार्यालय ध्वस्त गरे जस्तो तत्कालै काम वडाबाट गर्न सकिने अवस्था नभएको बताईन ।

 


सम्बन्धित समाचार