Loading... आजः २ कार्तिक २०८२, आईतवार

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यू, एक घाईते


सुर्खेत । भेरिगंगा नगरपालिका वडा नं. १२ पाडुले स्थित आज भएमो मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बुड थापका अनुसार सुर्खेत देखि नेपालगन्ज तर्फ आउदै गरेको चालक बर्ष २७ ईश्वर मस्र्याङ्गीले चालाएको ना.५ ख ५६०८ नं.को खाली ट्रकले छिन्चु देखि सुर्खेत तर्फ जादै गरेको लु.प्र.०३००१ प.३६३१ नं. मोटरसाईकललाई ठक्कर दिदा बाँकेको कोहलपुर नगरपालिका २ प्रेमनगरका १७ वर्षका चालक रितिक शाहीको मृत्यू भएको हो ।
उनको साथमा सवार अछामको पञ्चदेवल बिनायक न.पा.४ का १९ वर्षीय दमन शाहीको बायाँ खुट्टा र छातिमा चोट लागेकोले माया मेडिकल छिन्चुमा उपचार भइरहेको छ ।
मृत शाहीको भने प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्र.नि.पदम खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको बताउँदै डिएसपी थापाले ट्रक, ट्रक चालक र मोटर साईकल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।


सम्बन्धित समाचार