Loading... आजः ४ पुष २०८१, बिहीबार

नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध ६ विकेटको पराजय भोगेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पराजय व्यहोरेको हो। नेपालले दिएको लक्ष्य हङकङले १८ ओभरमै पूरा गर्यो । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा हङकङको जितमा मारिको हिलले सर्वाधिक ४४ रनको योगदान दिइन्।
कप्तान केरी चनले १७, नताशा माइल्सले १६, इमा लाईले १३, शनजिन शहजाद ७ रन जोड्दा यासमिन दासवानी २ रन योगदान गरिन्। कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारेपनि राष्ट्रलाई जित दिलाउन सकेनन्।
यस अघि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो । नेपाल ओपनर सीता राना मगरले ४० रन, इन्दु बर्माले ३१ रन जोडिन्। काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् । भने ओपनर कविता कँुवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।
नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।


सम्बन्धित समाचार