Loading... आजः ४ बैशाख २०८२, बिहीबार

समाजवादी कालिकोटका इन्चार्ज एवम पूर्व मन्त्री शाहीको अर्धनग्न टिकटक भिडियो भाइरल

सुर्खेत ।
नेकपा एकिकृत समाजवादी कालिकोटका इन्चार्ज एवम पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको एक टिकटक भिडियो भाइरल बनेको छ ।

दुइ जना बालकहरुको बीचमा गन्जी र हाफ प्यान्ट लगाएर नाचेको उक्त भिडयो इन्चार्ज शाहीले आफ्नै टिकटकमा मंगलवार विहान राखेका थिए । तर, अहिले भने उनले उक्त भिडियाे आफ्नो टिकटक एकाउन्ट हटाइसकेका छन् ।

‘अर्की हेर्न्या हौ कि म कन अँगालो हाली, मन फेर्न्या हौ की…’ भन्ने बोलको देउडा गीतमा उनी छमछमी नाचेका हुन् ।

यसअघि फ्लोर क्रस गरेर मन्त्री बनेका  शाहीको कार्यकाल ‘सेक्स स्क्याण्डल’ का कारण विवादित बनेको थियो ।

मंगलवार विहान शाहीले पाेष्ट गरेकाे टिकटक सामाग्री हेर्नुहाेस् ।

यस्तै उनीसहितको अर्को एक टिकटक भिडियोले पनि उनलाई विवादमा ल्याएको थियो ।
‘उहाँले मनोरञ्जन लिन हुँदैन भन्ने कुरा होइन । नाच्न पपनि पाउनुहुन्छ तर कम्तिमा समाजले पचाउने खालको प्रदर्शन गर्नुपथ्र्यो ।’

कालिकोट समाजवादीका एक नेताले भने, ‘यसले गर्दा उहाँलाई नै नोक्सान हुन्छ । पूर्व मन्त्री भइसक्नु भएको, हाल कालिकोट इन्चार्ज भएका व्यक्तिले कम्तिमा इज्जतको ख्याल गर्नुपथ्र्यो ।’


सम्बन्धित समाचार