Loading... आजः २७ चैत्र २०८१, बिहीबार

फोटोमा नेकपा एमालेको १० औं महाधिवेशनस्थल चितवन (भिडियाेसहित)

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको १० औं महाधिवेशन मसिंर १० (आज) बाट चितवनको नारायणी नदि किनारमा सुरु भएको छ । महाधिवेशनमा देशभरबाट हजाराैं एमाले कार्यकार्त चितवनमा जम्मा भएका छन् ।

महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन समारोहलाई सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोहमा केही विदेशी पाहुनाहरुको पनि सहभागिता रहनेछ । एमालेलाई शुभकामना दिन ४ देशका विभिन्न दलका १५ जना अतिथिहरू आएका छन् । महाधिवशेन दुइ दिनसम्म चल्नेछ ।

फाेटाे/भडियाे पहिलाे प्रेस ।


सम्बन्धित समाचार