Loading... आजः २ कार्तिक २०८२, आईतवार

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिदै, एमाले बिनै संसद चल्ने

मुख्यमन्त्री नियुक्र भएको २८ औं दिनसम्म शाहिले एक मन्त्री नियूक्त गर्नु बाहेक अन्य मन्त्रालय विस्तार गर्न सकेका छैनन् । विश्वासको मत लिए पश्चातमात्र मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा मुख्यमन्त्री रहेको मुख्यमन्त्रीको स्रोत बताउँछ ।

सुर्खेत ।
मुख्यमन्त्री नियूक्त भएको २८ औं दिनमा कणर्ाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मंगलबार विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १ बजे संसद बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री नियूक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आलोपालोमा सक्ता सञ्चालनको सहमति अनुरुप कार्तिक १६ गते पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजिनामा दिएपछि काँग्रेस संसदीय दलका नेता शाहीे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्र भएको २८ औं दिनसम्म शाहिले एक मन्त्री नियूक्त गर्नु बाहेक अन्य मन्त्रालय विस्तार गर्न सकेका छैनन् । विश्वासको मत लिए पश्चातमात्र मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा मुख्यमन्त्री रहेको मुख्यमन्त्रीको स्रोत बताउँछ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेपनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने बैठकमा नजाने भएको छ । एमालेको जारी १० औं महाधिवेशनका कारण आफूहरु सहभागी हुन नसक्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । उनले भने, ‘उहाँहरुले अधिबेशन आव्हान गर्ने बेला नै थाहा पाउनु पर्थ्यो । उहाँहरुको भन्दा धेरै पहिले हाम्रो महाधिवेशनको मिति तोकिएको उहाँहरुले जान्नुपर्थ्यो ।’

एमाले संसदीय दलका नेता यामलाल कँडेलले भने, ‘ उहाँहरु प्रमुख प्रतिपक्षी दल बिना कसरी सदन संचालन गर्नु हुन्छ ? त्यो थाहा छैन तर हामी पार्टीको महाधिवेशनमा व्यस्त भएकाले सदनमा उपस्थिति हुन सक्दैनौं ।’

उनले अधिवेशन सत्ता पक्षले बिना परामर्श र एमाले महाधिवेशनलाई अटेर गरि आव्हान गरेको बताए । बैठकमा एमाले अनुपस्थित भए पनि संसद बैठक भने चल्नेछ । मुख्यमन्त्रीले विश्वासको मत नलिदा संवैधानिक जटिलता आउने भन्दै बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए ।


सम्बन्धित समाचार