Loading... आजः २ कार्तिक २०८२, आईतवार

आगलागीपीडितको गुनासो एकलाखले कस्तो घर बनाउँने सरकार ?

‘अर्बोंको क्षति भएको भनेर वक्तव्य निकाल्ने मुख्यमन्त्रीले जम्माजम्मी ६१ लाख राहत बाँडेछन् । त्यतिले उनीहरुले कसरी घर बनाउन सक्लान ?’ एमाले प्रदेश सभा सदस्य दानसिंह परियार प्रश्न गर्छन् ।

सुर्खेत ।
गत महिना मुगु सदरमुकाम गमगढी भिषण आगलागीकोको चपेटामा पर्‍यो । आगलागीका कारण झण्डै दुई दर्जन घर जलेर पूणर्रुपमा नष्ट भए । आगलागिबाट पूणर्रुपमा घर जलेर नष्ट भएपछि एक दर्जन परिवारको दैनिकी खुल्ला आकाशमुसिन कष्टकर बिति रहेको छ ।

आगलागिबाट पीडित भएकाहरुलाई लाई त्यतीबेला प्रदेश सरकारले प्याकेजमै राहत दिने घोषणा गर्‍यो । विभिन्न संघ संस्थाले दिएका त्रिपालमा दैनिकी कटाई रहेका मुगालीका निम्ति कणर्ाली प्रदेश सरकारले घर बनाउन भनेर दिएको १ लाख रुपैयाँ राहत हात्तिको मुखमा जिरा झै बनेको छ । भौगोलिक विकटता रहेको मुगुमा १ लाखले घर बन्न असम्भव भएको भन्दै सरकारले दिएको राहत निकै कम रहेको पीडितहरुले गुनासो गरेका छन् । आगलागिले घरवास पूणर्रुपमा गुमाएका छिरिङ लामा भन्छन् १ लाखले मुगुमा घर बनाउँन त के खान पनि पुग्दैन त कसरी घर बनाउँने ?

बीस हजारदेखि चार लाखसम्म राहत दिने भनेर निणर्य गरेको प्रदेश सरकारले थोरै रकम दिएर आफूहरुलाई झनै निराश बनाएको भन्दै लामा भन्छन्, ‘कालिकोटमा आगालागी हुँदा घर जलेकाहरु लाई सरकारले पाँच लाख दिएको थियो, ।’ सोही अनुरुप आफूहरुले पनि पाउँनु पर्छ । ‘गमगढीका ८ परिवारका ३५ जना अहिले त्रिपालमूनि रात काट्न बाध्य छन् । यसअघि स्थानीय तहले १५ हजार रुपयाँ दिनुबाहेक अन्य कुनै राहत पाएका छैनन । पीडित लामाले पहुँच भएकाहरुलाई धेरै राहत दिने तयारी भएको आशंका गरे ।

‘यहाँ नबस्नेहरुको सात करोडसम्म क्षति भएको विवरण पेश गरिएको छ । आगलागीबाट पूरा ७ कोरोडको क्षति नै भएको छैन,’ उनले गुनासो गरे, ‘हामी वास्तविक पीडितलाई राज्यले हेर्ने नजरलै राम्रो भएन ।’ आगलागीपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले अर्बौंको क्षति भएको भनेर विज्ञप्ती समेत जारी गरेका थिए । ‘अर्बोंको क्षति भएको भनेर वक्तव्य निकाल्ने मुख्यमन्त्रीले जम्माजम्मी ६१ लाख राहत बाँडेछन् । त्यतिले उनीहरुले कसरी घर बनाउन सक्लान ?’ एमाले प्रदेश सभा सदस्य दानसिंह परियार प्रश्न गर्छन् ।

‘बीस हजार देखि एक लाख रुपैयाँले नागरिकले घर कसरी बनाउनलान,’ उनी भन्छन्, ‘दुर्गम जिल्लामा सामान नै असाध्यै महँगो हुन्छ । एक लाखले घरको जग खन्न पुग्दैन ।’


सम्बन्धित समाचार