Loading... आजः २ कार्तिक २०८२, आईतवार

वीरेन्द्रचौकमा फेरी ठडिए राजा वीरेन्द्र !

करिव १६ वर्षअघि अर्थात २०६२/०६३ सालको राजतन्त्रविरुद्धको जनआन्दोलनका क्रममा हटाइएको राजा वीरेन्द्रको सालिक पुनः ठडिएको छ । कणर्ाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्र चौकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक पुनः ठडिएको हो ।

सुर्खेत ।

राजा वीरेन्द्रको आज परेको जन्मदिनको अवसर पारेर स्वतन्त्र सुर्खेतबासी जनता समुहले सालिक राखेको हो । गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले शालिका स्थापना गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चौक पुर्ननिर्माण गरेपनि सालिक भने राखिएको थिएन ।

वीरेन्द्र चौक पुर्ननिर्माण भएपनि राजाको सालिक राख्ने वा नराख्ने भन्ने विषयमा राजा पक्षधर र वीपक्षीबीच लामो समयदेखि वीवाद जारी रहेको छ । तर, विवाद कै बीच समूहले वीरेन्द्रको सालिक राखेको हो ।

यता वीरेन्द्रनगर नगरपालिकासँग सालिक राख्ने विषयमा कुनैपनि समन्वय नभएकोे नगरप्रमुख देव कुमार सुवेदीले बताए । नगरप्रमुख सुवेदीले भने, ‘सालिक राख्ने नराख्ने विषयमा कानुनी व्यवस्था त छैन तर पनि समन्वय गरेर जाँदा राम्रो हुने प्रतिक्रिया दिए ।’

सम्बन्धित समाचार