पाँच महिनामा कर्णाली सरकारकाे विकास खर्च सात प्रतिशतमात्रै !
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको खर्च प्रगति अत्यन्तै दयनीय देखिएको छ । चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा कर्णालीमा सात प्रतिशतमात्र विकास खर्च भएको छ ।
हिमाली जिल्लामा यसपछिका समय खर्च गर्न कठिन हुने भएका कारण चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले अपेक्षाकृत विकास खर्च बढाउन नसक्ने देखिएको हो ।
सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५३ करोड ३५ लाख ५५ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तर पाँच महिना भन्दा बढी समय वितिसक्दा पनि कुल २ अर्ब ७१ करोड ६९ लाख ५३ हजार ९३४ रुपैयाँ मात्रै खर्च गरेको छ । यो कुल बजेटको जम्मा सात दशमलव ४४ प्रतिशत मात्रै हो ।
तर चालुतर्फको बजेटमा भने ११ दशमलव ३८ प्रतिशत खर्च सरकारले गरेको छ । चालुतर्फ १४ अर्ब ८८ करोड १६ लाख १३ हजार बजेट मध्ये सरकारले एक अर्ब ६९ करोड ३६ लाख ५८ हजार १५६ रुपैंया खर्च गरेको छ ।
पुजीगततर्फको बजेट भने जम्मा ४ दशमलव ७३ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेट विनियोजन गरेकोमा १ अर्ब २ करोड ३२ लाख ७५ हजार ७७९ रुपैंया खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पाँच महिनामा कर्णाली सरकारकाे विकास खर्च ।
पहिलोप्रेस
१५ पुष २०७८, बिहीबार ०९:२५