कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति ५६ तोला सुन, ९५ लाखको कार
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पति विरण सार्वजनिक गरेका छन् । गत कात्तिक १६ गते कणर्ालीको मुख्यमन्त्रीको पदमा शाही नियुक्त भएका थिए । मुख्यमन्त्री मन्त्री तथा मन्त्री परिषद् कार्यालयको वबसाईटमा उक्त विवरण सार्वजनिक गरिएको छ । ‘मन्त्रिपरिषद्का सदस्यहरुको आचारसंहिता-२०७४’ बमोजिम उक्तसम्पत्ती विवरण सार्वजनिक गरिएको हो ।
जसमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको नामका ५६ तोला सुन रहेको देखाइएको छ । थरी-थरी मुल्यमा रहेको उक्त सुन पुर्खेली सम्पत्ति व्यापार व्यवसाय तथा जागिरबाट प्राप्त गरिएको मुख्यमन्त्री शाहीले बताएका छन् ।
यस्तै, मुख्यमन्त्री शाहीसँग करिब तीन लाखको चाँदी, रुप औँठी, नवरत्न गरी दुई किलोको रहेको छ । यो सम्पत्ति मुख्यमन्त्रीले आफुले जारिगबाट प्राप्त गरेको बताएका छ ।
यस्तै शाहीको नाममा हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वयर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफलमा आफैले व्यापार व्यवसाय गरेर घर निमाणर् गरेको बताएका छन् ।
यस्तै उनको श्रीमति बसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जागिर, व्यापार तथा व्यवसायबाट निमाणर् गरेर तीन वटा घर भएको सम्पत्ति विरणमा उल्लेख गरेका छन् ।
पाच स्थानमा लाखौ रकमका जग्गा
यस्तै, मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो र श्रीमति बसन्ती शाहीको नाममा गरि तीन जिल्लाका पाचवटा स्थानमा जग्गा रहेको उक्त विवरणमा उल्लेख गरेका छन् ।
जसमा हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा मुख्यमन्त्री शाहीको नाममा २०० रोपनी र १५ रोपनी पुर्खेली जग्गा र बाँके जिल्लाको खजुरामा २ विघा करिब १० लाख बराबरको जग्गा पुर्खेली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेको बतएका छन् ।
यस्तै शाहीकै नामा बाँके जिल्लाकै नेपालगञ्ज-१ मा करिब पाँच लाख बराबरको जग्गा जागिर तथा व्यापार व्यवसायबाट खरिद गरेको बताएका छन् भने बसन्ती शाहीको नाममा काडमाडौंको चन्द्रागिरी-६ मा २४ लाख बराबरको जागिर तथा व्यापार व्यवसायबाट खरिद गरिएको जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
यस्तै, विभिन्न मुख्यमन्त्री शाहीका चार वटा सिटिजन्स, सानिमा, एनआइसी र शुभचिन्तक बैंकमा पारीश्रमीक आउँने र बचत गर्ने खाता रहेको बताएका छन् ।
भने उनको श्रीमतिको नाममा तीन बैंक शुभचिन्तक, सिटिजन्स र एस.आइ.बि बैकमा खाता रहेको र उक्त खातामा जागिर तथा व्यवसाय र जग्गा बिक्री गरेको पैसा जम्मा गर्ने गरिएको उल्लेख गरिएको छ ।
यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले तीनवटा संस्थामा शेयर गरेका छन् भने दुईवटा बैंक र इमोटल खड्काबाट गरी एक करोड ५० लाग बढि ऋण भएको र किस्ता-किस्तामा तिर्ने गरेको विवरणमा उल्लेख गरेका छन् ।
९५ लाखको कार, ५० वटा भेडाबाख्रा
यस्तै जीवनबहादुर शाहीले आफ्नो नाममा सवारी साधन भनेको एउटा ९५ लाखको कार रहेको बताएका छन् । उनले उक्त कार २०७१ सालमा जागिर र व्यवसायबाट खरिद गरेको विवरणमा उल्लेख गरेका छन् ।
यस्तै, मुख्यमन्त्री जीवनबहादुरको कृषि तथा पशुधनमा भने चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
कृषि मन्त्री चन्द्र शाहीको ११ लाख ऋण, तीनलाख जम्मा
यस्तै भूमि, व्यावस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले पनि आफ्नो सम्पत्ति विवरण खुलाएका छन् ।
जसमा उनको पूर्खेली सम्पत्तिका नाममा ५ तोला सुन रहेको बताएका छन् ।
उक्त सुन पनि हाल परिवारका नाक, कानका गहनाका रुपमा प्रयोग भइरहेका छन् ।
यस्तै चाँदी १ तोला र नगल रकम ३ लाख मात्रै रहेको र उक्त चाँदी पुर्खेली र रकम भने सांसद र मन्त्री पदको मासिक तलबबाट जम्मा गरेको बताएका छन् ।
यस्तै मन्त्री शाहीले जग्गाको विवरणमा मानबहादुर शाहीको नाममा मुगुको सोरुगाउँपालिका-१ मा १ रोपनी पुर्खेली जग्गा र सुरेसबहादुर शाहीको नाममा भक्तपुरको चागु नारायण-३ मा ५ आना सापटि पाच लाखमा खरिद गरेको विवरणमा उल्लेख गरेका छन् ।
यस्तै, जालगेडी शाहीको नाममा भक्तपुरको छालिङ्ग-३ मा ५ आना ५ लाखमा र मानबहादुर शाहीको नाममा मुगुको सोरु-१ मा २० रोपनी पुर्खेली जग्गा रहेको उल्लेख गरेका छन् ।
यस्तै मन्त्री शाहीको एनआइसि एसिया बैंकमा तीनलाख रुपैयाँ रहेको र विभिन्न ४ जना व्यक्तिबाट गरि ११ लाख रुपैया ऋण रहेको अन्य कुनै सम्पति नभएको विवरणमा उल्लेख गरेका छन् ।
पहिलोप्रेस
१० माघ २०७८, सोमबार १९:००