Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

विद्यालय खोल्न नेशनल प्याब्सनको माग

सुुर्खेत । निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल नेशनल प्याब्सन सुुर्खेतले विद्यालय सञ्चालन गर्न दिन माग गरेको । नेशनल प्याब्सन जिल्ला समिति सुुर्खेतका अध्यक्ष गायत्री रानासहितको टोेलीले प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर विद्यालय खोल्न माग गरेका हुुन् ।

१२ देखि १७ वर्षका सबै विद्यार्थीलाई निधारित समय अगावै खोप लगाई सकेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेको हो । सरकारले यथा सक्य चाडो चार वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको लागि पनि खोपको व्यवस्था, शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्नसमेत माग गरेको छ ।

विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको भन्दै पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्नुपर्ने माग माग गरिएको छ । कणर्ालीमा कोभिड संक्रमण र मृत्युु दरलाई हेर्दा विगत भन्दा ओमिक्रोन भेरियन्टको प्रभाव न्यूून भएकाले भौतिक रुपमा विद्यालय सञ्चालन हुुनुुपर्ने माग छ ।

लामो समयसम्म भौतिक कक्षाहरु बन्द हुुँदा काम गर्ने श्रमजिवि धेरैको रोजगारी गुुमेको छ । आयआर्जन गुुम्ने र त्यसको प्रत्यक्ष असर आर्थिक रुपमा पर्ने भएकाले सोको बारेमा ध्यान दिदैँ विद्यालय खोल्नुुपर्ने जनाइएको छ ।

राज्यले बालअधिकारको चार्टरमा हस्ताक्षर गरी प्रतिवद्धता जनाई सकेको अवस्थामा सम्पूणर्र् बालबालिकाको लेख्न पढ्न पाउनुु पर्ने अधिकार सरकारबाट सुुनिश्चित हुुर्नेपर्ने माग प्याव्सनको रहेको छ । विगतका दिनहरुमा हातहतियार र कम्व्याटसहित सुुरक्षाकर्मी प्रवेश गरी भएाभित बनाउने प्रयाास भएककाले यो पटक त्यस्तो नर्गन ध्यानाकर्षण गरिएको हो ।

ध्यानाकार्षण पत्र बुुझदै प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेशनल (प्याव्सन)ले राखेको माग उचित भएपनि तत्कालै निणर्य गर्न नसकिने बताए । अहिलेको हेलचक्राईले ठुलो मुुल्य चुुकाउनु पर्ने स्थिति आाउन सक्ने भन्दै भौतिक रुपमै विद्यालय खोल्ने वातावरण नभएको उनले बताए ।

अहिले खोपको दायरा बढाउनुु पर्नेमा उनको जोड थियो । माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस समेत रहेकाले कहि समय धैर्य गर्न उनले आग्रह गरे । भर्चुअल माध्यममार्फत पठनपाठन सुुुचारु गर्न रिजालको सुझाव थियो ।


सम्बन्धित समाचार