Loading... आजः ३ मंसिर २०८१, सोमबार

अधुरा काम पुरा गर्न प्रदेश सभामा मेरो उम्मेदवारीः विष्ट


सुर्खेत ।
नेकपा माओवादी केन्द्रको सबैभन्दा बढि बलियो जनाधार भएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’बाट पूर्व मन्त्री विन्दमान विष्टले उम्मेदवारी दिने भएका छन् । उनलाई माओवादी केन्द्रको हिजो सम्पन्न वैठकले उनलाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका विष्टले पहिलोप्रेससँग पहिलो कार्याकाला बाँकी रहेका काम गर्न आफू उम्मेदवार बनेको बताए । ‘पहिलेका अधुरा काम गर्न बाँकी छ । ती अधुरा काम पुरा गर्न यसपटक मेरो उम्मेदवारी रहनेछ ।’ उनले भने, ‘गठबन्धनबाट पनि यो क्षेत्र माओवादीकै भागमा पर्ने भएका कारण पनि मेरो स्वभाविक उम्मेदवारी हो ।

उनले पश्चिम सुर्खेतका जनताले दिएको जिम्मालाई सकुशल पुरा गरेको भन्दै यसपटक पश्चिमका जनताले आफूलाई अनुमोदन गरेमा तल उल्लिखित बाँकी काम दुइ वर्ष भित्रै पुरा गर्ने प्रतिबद्धता समेत जनाए ।

केहि दिन अघि हामीले उनीसँग पाँच वर्षे कामका बारेमा कुरा गरेका थियौं । सोही कुराकानीलाई यहाँ हामीले प्रस्तुत गरेका छौं ।

म निर्वाचनमा होमिएको समयमा मैले सडक कालोपत्रे गर्ने भन्ने प्रतिबद्धता जनाएको थिएँ । जसअन्र्तगत पश्चिमको बड्डीचौर–लगाम सडक कालोपत्रे हुँदैछ ।
गुटुखोला–बडडीचौर कालोपत्रे गर्न ठेक्का भइसकेको छ । कल्याणकाँध–धनराश बाटो करिब ७० प्रतिशत ट्रयाक खोल्ने कार्य पुरा भइसकेको छ ।

घाटगाउँ गुटु सडकको कालोपत्रे हुने काम सुरु भएको छ भने कुईने जंगलाघाट कालोपत्रेको काम हुँदैछ । यसको ठेक्का गतवर्ष नै लागिसकेको हो ।

हुडके तरंगा कालोपत्रे गर्न टेण्डर हुने प्रक्रियामा छ । यसकालागि २० करोड बजेट छ भने रानीघाट तेलपानी सडकको स्तरोन्नतीका लागि टेण्डर आव्हान भइसकेको छ भने इआइए प्रतिवेदन नआएका कारण काम सुरु हुन सकेको छैन ।

वाँकी मदन भण्डारी लोकमार्गले पनि काम अब सुरु गर्दैछ ।

तपाईलाई भन्दा आगामी दुइ वर्षमा सुर्खेतको पश्चिम क्षेत्र कालोपत्रेमय हुनेछ ।

त्यसपछिको चुनावको दोश्रो प्रतिबद्धता भनेको विधुतिकरणको थियो । सुर्खेत बाबियाचौर ३३ केृभिए प्रसारण लाइन विस्तारका लागि निरन्तर पहल गरियो । अबको केहि दिनमा रुख काटने काम सुरु हुँदैछ । वावियाचौरमा सबस्टेशन निर्माण भइसकेको छ ।

वैकल्पिक ३३ केभिए प्रसारण लाईन कैलाली बाट बाबियाचौरमा आउँदैछ । असोज एक गतेसम्म यहाँ विजुली बल्छ । यसलाई वैकल्पिक विद्युतिकरणको रुपमा मैले लिएको छु ।

वीरेन्द्रनगर देखि बाबियाचौरसम्म लाईन विस्तार भएको खण्डमा कैलालीबाट भविष्यमा सुर्खेतमा विद्युत नभएको समयमा पनि उपलब्ध गर्न सहज हुनेछ ।

ग्रामीण विधुतिकरणका अधिकांश काम सम्पन्न भएका छन् भने पश्चिमका सबै वस्तीमा विद्युतिकरण गर्नका लागि पर्याप्त मात्रामा बजेट गएको छ । विजौरा र बराहतालमा ३३ केभिए सवस्टेशन निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ ।

तेश्रो प्राथमिकता भनेको यहाँका लागि खानेपानीको समस्या समाधान गर्ने थियो ।

केन्द्रसँगको पहलका कारण तरंगा खानेपानी आयोजना मंसिरसम्म निर्माण पुरा हुनेछ । यसबाट भेरी र कर्णाली नदिको धमिलो पानी खाने सात वस्तीका नागरिकलाई सुविधा उपलब्ध हुनेछ ।

त्यस्तै, एकीकृत छाप्रे खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । यसले साविकको छाप्रे गाविसका नागरिकलाई खानेपानी पुग्नेछ । यहाँ साना साना टुक्रा पारेर लिफ्ट माध्यमबाट खानेपानी पु¥याइदैछ ।

शिक्षा क्षेत्रमा मैले पर्याप्त बजेट विनियोजन गरेको छु ।

मेरो निर्वाचन क्षेत्रमा १२, ८, ६, ४ र २ कोठे भवनहरु निर्माण भएका छन् । यसरी हिसाब गर्दा कम्तिमा पाँच वर्षमा २०० कक्षा कोठा निर्माण भएका छन् ।

सालकोट अस्पताल स्तरोन्नती भएको छ । यो पटक ५० शैय्याको बनाउनका लागि दुई करोड बजेट फेरि व्यवस्थापन गरेका छौं ।


सम्बन्धित समाचार