Loading... आजः ४ पुष २०८१, बिहीबार

आठबीसका एमालेबाट उपाध्याय वा शाहीले पाउलान त प्रदेश सभा टिकट ?

आठबीस निर्विकल्प दावेदार

सुर्खेत ।
समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत असोज दुई र तीन गते अर्थात भोली र पर्सी राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने भएका कारण अहिले दलहरु आन्तरिक गृहकार्यमा छन् । दैलेखेको निर्वाचन क्षेत्र नम्बर दुई ‘ख’ प्रदेश सभाबाट दश जनाको नाम सिफारिस गरि पठाइएको छ ।

सिफारिस भएका सबै उम्मेदवारहरु काठमाडौं केन्द्रीत भएका छन् । दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका यसपटक प्रदेश सभा उम्मेदवारका लागि बलियो दावेदार हो । अन्यत्र गठबन्धनका कारण चुनाव हारेको एालेले दैलेखको दुइ नम्बर क्षेत्रकै यो नगरपालिकामा बने बहुमत वडासहित स्थानीय तहको निर्वाचनमा जीत हात पारेको छ ।

यो क्षेत्रबाट अहिले तीन जनाले प्रत्यक्षमा दाबी गरेका छन् । ती मध्ये निवर्तमान नगरप्रमुख खड्गराज उपाध्यायको नाम पनि सिफारिस भएको छ । आठबीस नगरप्रमुख भएर पाँच वर्ष चलाएका निवर्तमान मेयर उपाध्याय प्रदेश कमिटि सदस्य समेत छन् । जिल्ला कमिटिको अधिवेशनमा उपाध्यक्ष पदमा निर्वाचन जित्ने निश्चित हुँदा हुँदै पनि उनले ‘त्याग’ गरेको एमाले वृत्तमा चर्चा भइरहेको छ ।

कडा स्वभावका उपाध्यायलाई बोलेको कुरा पुरा गर्ने नेताको रुपमा एमालेजनहरु लिने गरेका छन् ।
यसपटक आफूले टिकट पाउनुपर्ने भन्दै उनले लविङ सुरु गरेका छन् भने उनको पक्षमा जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, प्रदेश अध्यक्ष विनोद कुमार शाह र एमाले दैलेखका अध्यक्ष पदमा पराजित सुर्यबहादुर शाहीले लविङ तीव्र बनाएका छन् । यसरी हेर्दा उनले टिकट फूत्काउने सम्भावना बढेको एमाले स्रोतको दाबी छ ।

यस्तै, अर्का सम्भावित उम्मेदवारका रुपमा एमालेका निरन्तरका जिल्ला कमिटि सदस्य ओमजंङ्ग शाहीको नाम पनि चर्चामा छ ।

उनी २०७४ सालको निर्वाचनमा सुरुमा नगरप्रमुखको दावेदार थिए । त्यहाँ उनलाई टिकट दिइएन । तत्कालिन समयमा एमालेको माधव नेपाल समूहमा रहेर काम गर्दै आइरहेका शाहीलाई प्रदेश सभाको उम्मेदवार चयन प्रक्रियामा समेत कार्यकर्ताले तेस्रो बनाइदिए । त्यसबेला पनि उनले माधव नेपाल पक्षधर भएकै कारण टिकट पाएनन् ।

यसपटक पनि उनी पार्टी कमिटिबाट सिफारिस भएर गएका छन् । उनले पनि टिकट पाउने सम्भावना बढदै गइरहेको स्रोत बताउँछ । यद्यपी एमाले भित्रको जालझेल, तिकडम र चरम गुटबन्दीका कारण उनलाई टिकट दिनेमा संशय कायमै छ ।

यसरी हेर्दा परस्पर विरोधी दुइ गुटमा रहेका दुवै नेतामा कडा प्रतिस्पर्धा हुँदै गइरहेको छ । यसले आगामी प्रदेश निर्वाचनमा समेत निश्चित रुपमा प्रभाव पार्ने देखिन्छ ।

आठबीसले टिकट पाउने सम्भावना कति ?
आठबीस नगरपालिकाबाट उम्मेदवार सिफारिस यी दुवै जनाले एक अवस्थामा मात्रै टिकट पाउने सम्भावना छ । यसअघि संघीय सांसद चामुण्डाविन्द्रासैनीले पाएको थियो । प्रतिनिधि सभा सदस्यमा एमालेका राजबहादुर बुढा विजेता बनेका थिए ।

यस्तै, प्रदेश सभामा ठाँटीकाँधबाट राजबहादुर शाही उम्मेदवार बनेका थिए । उनी पछि कर्णालीको सभामुख समेत बने ।

अब प्रदेशले निर्विकल्प रुपमा प्रदेशको टिकट पाउनुपर्ने आठबीसले नै हो तर चामुण्डा र ठाँटीकाँधमा आफूलाई ‘बरिष्ठ’ भन्ने र केन्द्रसँग पहुँच राख्ने नेता भएको भन्दै ‘गफ’ चुटने नेताहरुको ‘फलामे गेट’ तोडन यी दुवै जनालाई कम्ता सकस भने हुनेछैन ।

 


सम्बन्धित समाचार