Loading... आजः ६ बैशाख २०८२, शनिबार

दैलेखमा सुनारको स्वतन्त्र उम्मेदवारी, सामाजिक विभेद अन्त्यका लागि काम गर्ने सुनारको प्रतिवद्धता

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) चक्रलाल सुनारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादीका केन्द्रिय सदस्यसमेत रहेका सुनारले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।


२०४९ मजदुर किसान पार्टीबाट संगठित राजनीति सुरु गरेका सुनार २०५४ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु जिल्ला कमिटी सदस्य हुँदै २०५६ मा माओवादीको संगठित सदस्यता लिएका थिए ।

नेपाल दलित मुक्ति मोर्चाका दैलेख, जाजरकोट कमाण्ड इन्चार्जसमेत रहेका सुनार २०५७ बाट माओवादीमा भूमिगत भएका थिए ।
हाल उनी पार्टीको प्रदेश सदस्य, केन्द्रिय सदस्य र दुल्लू नगरपालिकाको नगर इन्चार्जसमेत हुन् ।

दैलेखमा पार्टी बलियो हुँदा पनि गठवन्धनकै भर पर्दा दैलेखी जनताको अधिकार खोसिने भन्दै विद्रोह गरेको सुनारले बताए ।
दलित, महिला, पिछडिएका क्षेत्रका नागरिकहरुको हकहितका लागि काम गर्न सक्ने योग्य उम्मेदवार आफू रहेको उनको दावी छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सडक, विजुली जस्ता पूर्वाधार विकास तथा सामाजिक विभेदको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको सुनारको भनाई छ ।


सम्बन्धित समाचार