अध्यक्ष ओलीको आदेश नआए कर्णाली एमालेमा दलको नेता बनाउन मतदान हुने
सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको नेता चयनमा तीव्र लविङ सुरु भएको छ । प्रदेश सभामा दश जना सांसद रहेको एमाले संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जना आवश्यक पर्छन ।
यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कंडेलको पक्षमा हालसम्म चार जना सांसद खुलेका छन भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् ।
‘हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकांक्षा देखाएका छन् । यदि केन्द्रबाट अध्यक्ष केपि शर्मा ओलीले यहि दलबाटै नेता छान्न अनुमति दिए भने विनोद शाह दलको नेतामा विजयी हुनेछन् ।’ शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौं । चार जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ ।’
उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् तर उनको लविङ दलका नेता केन्द्रित नै देखिएको छ ।
चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो ।
पहिलोप्रेस
१० पुष २०७९, आईतवार ०७:५०