कर्णाली प्रदेश सभामा आज सभामुख चयन हुँदै, विहान ११ बजे सदन
सुर्खेत ।
कर्णाली प्रदेश सभाले दोश्रो सभामुख पाउने भएको छ । सभामुख चयनका लागि दुई जनाले मनोनयन दर्ता गरेसँगै आज विहान ११ बजे बस्ने प्रदेश सभाको वैठकमा मतदान हुने भएको हो ।
सभामुख पदका लागि नेकपा एमालेबाट नन्दा गुरुङ र नेपाली काँग्रेसबाट खड्ग बहादुर पोखरेलले उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा सचिज जीवराज बुढाथोकीका अनुसार आज विहान बस्ने वैठकले मतदान मार्फत सभामुखको टुंगो लगाउने भएको हो ।
कर्णाली प्रदेश सभामा जम्मा सांसद ४० रहेका छन् । यसमध्ये सत्तारुढ गठबन्धनसँग २५ सांसद रहेका छन् भने काँग्रेससँग १४ र एक स्वतन्त्र सांसद रहेका छन् ।
नेकपा माओवादीका १३, नेकपा एमालेका १०, राप्रपाका एक, नेकपा एसका एक गरि सत्तारुढ दलहरुको मतले सभामुखमा गुरुङ्ग विजयी हुने निश्चित छ ।
उनि विजयी बन्नु भनेको संघियताको ईतिहासमा पहिलो प्रादेशिक सभामुख बन्ने सौभाग्य प्राप्त गर्नेछिन् । यसअघि प्रतिनिधि सभामा ओनसरी घर्ती पहिलो सभामुख बनेर ईतिहास रचिसकेकी छिन् ।
पहिलोप्रेस
१ माघ २०७९, आईतवार ०९:०२