स्ववियू सभापति बन्न एमाले निकट अखिलमा लर्को, यी हुन सम्भावित सभापतिका उम्मेदवार
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानीमा रहेका मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखिमा एमाले निकट अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बन्न चाहनेहरुको लर्को लागेको छ । अनेरास्ववियू स्रोतका अनुसार मध्यपश्चिम विश्व विद्यालयको स्ववियू सभापति बन्न चार जना तथा बहुमुखि क्याम्पसको सभापति बन्न तीन जनाले इच्छा देखाएका हुन ।
एमयूबाट प्रकास रिजाल, सरोज न्यौपाने, नरेशजंग राना र सचिन तिमिल्सेनाले दाबी गरिरहँदा सुर्खेत बहुमुखि क्याम्पसबाट निवर्तनमा स्ववियू सहसचिव गणेशबहादुर शाही, अक्कल सिजापति र प्रकाश ढकालले दाबी गरेका हुन ।
स्ववियू चुनाव नजिकँदै जाँदा स्ववियू सभापति बन्न विद्यार्थी नेताहरुले दौडधुप तीव्र बनाइरहेका छन् । उनिहरुले आफूलेटिकट पाएको खण्डमा सहजै जीत निकाल्न सक्ने भन्दै टिकट लिनका लागि लविङ सुरु गर्न थालेका हुन ।
अखिलबाट भर्खरै विदा लिएका नेता धुपेन्द्र बहादुर शाहीले अखिलमा उम्मेदवार बन्न चाहनेको संख्या कम नभएको दाबी गरे ।
‘अखिल ठूलो संगठन हो । विद्यार्थी संगठनको नेता संगठन भएका कारण उम्मेदवार बन्नेहरुको संख्या ठूलो हुनु कुनै अच्चम होईन ।’ हाल काठमाडौंमा रहेका शाहीले पहिलोप्रेससँग भने, ‘हामी सहमतिमै उम्मेदवार चयन गर्छौं र चुनाव जित्छौं ।’
पहिलोप्रेस
१० फाल्गुन २०७९, बुधबार १०:०१