कर्णालीका १२ सांसदद्वारा प्रधानमन्त्री प्रचण्डसामु २० बुँदे योजना आगामी बजेटमा समावेश गर्न माग (सूचिसहित)
सुर्खेत ।
कर्णाली प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १२ जना संघीय सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु कर्णाली रुपान्तरण गर्ने विभिन्न २० ओटा आयोजनामा बजेट विनियोजन गरि लागु गर्न माग गरेका छन् ।
नेपाली काँग्रेसका उपसभापति एवम उपप्रधान एवम रक्षा मन्त्री पूर्णबहादुर खड्का, पूर्व अर्थमन्त्री एवम नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकर, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका सांसदहरुले कर्णालीको विकासका लागि महत्वपूर्ण २० ओटा आयोजनामा नयाँ ल्याईने बजेटमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका हुन ।
पूर्व मुख्यमन्त्री शाहीका अनुसार कर्णाली करिडोर स्तरोन्नती गर्दै कालोपत्रे दुई लेनका लागि आवश्यक बजेट विनियोजन गर्न एक नम्बर बुँदामा माग गरिएको छ ।
‘त्यसका अलावा रारा गमगढी नाग्चेलाग्ना सडक कालोपत्रे, भेरी करीडोर उपल्लो डोल्पा धो सम्म कालोत्रपे तथा ट्रयाक खोल्ने, राप्ती लोकमार्ग अमिलिया सल्यान सडक खण्ड स्तरोन्नती, राप्ती लोकमार्ग रुकुम खौला छरेवगर भेरि करिडोर स्तरोन्नती, सिमिकोट लिमि सडक कालोपत्रे
जाजरकोट टोप्ला कुडारी(टनेल) जुम्ला खण्डको वाँकी भागलाई आवश्यक बजेट, बड्डीचौर सुर्खेत पश्चिम सडक स्तरोन्नती, सुर्खेत पन्चकोशी सिंजा मानसरोवर सडक, सुर्खेत रिङ्गरोड, छिवाङ दार्माकोट सल्यान खलंगा बालुवा ढकेरी हुँदै बाँके जोडने सडक, रिम्ना सोलावाङ झुलखेत कामीगाउँ तातोपानी घर्तीगाउँ हुँदै रौलपा, रामारोसन रुप्सा कोटवाडा रास्कोट लैलु सडक, हिल्सा सिमिकोट सडक कालोपत्रे, मान्मा कोटवाडा केबलकार यातायात, सुर्खेत दैलेख महावु हुँदै जुम्ला जाने सडक, जाजरकोट दुनै धो सडक स्तरोन्नती, डोल्पा मुस्ताङ लाशाक्याप काब्कोट –छार्का मुस्ताङ सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका छौं ।’
उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको भौतिक पूर्वाधार निर्माण, सुर्खेतमा रहेको मेडिकल कलेज सञ्चालनका लागि बजेट व्यवस्था, राकम कर्णाली दैलेखमा एक सय शैयाको ट्रमा सेन्टर साथै अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गर्न माग गरेका छौं ।’
त्यसका अलावा सिंजा सभ्यता खस संग्राहलय प्रतिष्ठान निर्माण गर्न बजेट विनियोजन गर्न माग गरिएको शाहीले बताए ।
‘उहाँले आगामी बजेटमा कर्णालीलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ ।’ प्रचण्डको भनाई उदृत गर्दै शाहीले भने, ‘कर्णालीको विकास नभएसम्म देशको विकास नहुने बताउँदै यसपटक कर्णालीमा प्रयाप्त बजेट पठाइने प्रतिबद्धता प्रधानमन्त्री ज्यूबाट भएको छ ।’
पहिलोप्रेस
१६ बैशाख २०८०, शनिबार २०:२७