Loading... आजः ११ कार्तिक २०८२, मंगलवार

राजनीतिक परिवर्तनमा मिडियाको भूमिका महत्वपूर्णः मन्त्री विसि

सुर्खेत।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले राजनीतिक परिवर्तनमा मिडिाको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

मिडियाले सबै किसिमका निरंकुशता र प्रतिगमन बिरुद्ध मिडियाले उल्लेखनीय भूमिका खेलेको उनको भनाई छ ।
रेडियो मातृभूमिको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार दैलेखमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

मन्त्री बिसीले न्याय र सत्यताको पक्षमा उभिएर स्वयमसेवी काम गर्दै आएको मिडिया अभाव र असजिलोमा गुज्रिएको आफूलाई थाहा भएकोले सक्दो सहयोग गरिरहेको बताए ।

उनले पत्रकारितामा आत्मसमीक्षा र निष्पक्षताको संकल्प जरुरी रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले अघोषित रुपमा चौथो अंग भन्ने गरे पनि राज्यले मिडियालाई सधैं पूर्वाग्रह र असहयोगी व्यवहार देखाइरहेको टिप्पणी गरे ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पत्रकारहरुको व्यवसायिक क्षमता बढाउन जरुरी रहेको औंल्याए ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले पत्रकारहरुप्रति मात्र औंला उठाउने गरिएको भन्दै कर्मचारी तन्त्र, राजनीतिक नेतृत्वको खराबी र बिकृति पत्रकारितामा पनि पसेकोले सबैतिर शुद्धिकरणको जरुरी रहेको बताए ।

 


सम्बन्धित समाचार