Loading... आजः १० बैशाख २०८१, सोमबार

कर्णाली प्रदेश व्याडमिन्टन संघको संयोजकमा शाही

सुर्खेत ।
कर्णाली प्रदेशमा पनि व्याडमिन्टन संघको स्थापना भएको छ । आज सम्पन्न भेलाले प्रदेश व्याडमिन्टन संघको संयोजकमा टक्कबहादुर शाहीलाई चयन गरेको हो । कर्णालीका दश जिल्ला मध्ये हाल सात ओटा जिल्लाबाट उत्तः संघमा प्रतिनिधित्व भएको बताइएको छ ।

हाललाई उक्त भेलाले संयोजक र सदस्य मात्रै तोकेको हो ।

हुम्लाबाट संयोजकका रुपमा शाही चुनिएका छन भने कालिकोटबाट वीरेन्द्र बहादुर शाही सदस्यमा चुनिएका छन् । यस्तै सदस्यहरुमा दैलेखबाट विनोद कुमार मल्ल, जाजरकोटबाट जनक भँडेल, रुकुम पश्चिमबाट डम्बर थापा, सुर्खेतबाट महेश केशर खनाल,र सल्यानबाट भरत कुमार बस्नेत चयन भएको बताइएको छ ।

‘हाललाई सात सदस्यीय संघ बनाएका छौंँ । अर्को वैठकबाट जिल्ला व्याडमिन्टन संघको सिफारिसमा वाँकी सदस्य थप गर्नेछौं ।’ संयोजक शाहीले भने, ‘हाल यो समिति तदर्थ समिति हो । आगामी तीन महिना भित्र सम्मेलन गर्ने तयारी गरेका छौं ।’

उनका अनुसार भेलामा सहभागि हुन प्रत्येक जिल्लाबाट जिल्ला खेलकुद विकास समितिमा दर्ता भई आएका व्याडमिन्टन संघबाट दुई दुई जना प्रतिनिधि आएका थिए ।

यहि भदौ २८ गते केन्द्रमा छैटौं साधारण काठमाडौंमा सम्पन्न हुने भएकाले यो समिति गठन गरिएको संयोजक संयोजक शाहीले बताए ।
यो भेला सम्पन्न गर्न नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य मानबहादुर मल्ल प्रतिनिधिको रुपमा वीरेन्द्रनगर आएका थिए ।


सम्बन्धित समाचार