आठबीसका करार कर्मचारी आन्दोलित, यस्ता छन माग
सुर्खेत ।
दैलेखको आठबीस नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् । पालिकामा कार्यरत करार शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन ।
नगरपालिकाले साउन १ गते देखि सबै कर्मचारीकोम्याद थप गर्नुपर्ने, २०७९ साउन ९ गते जिल्ला समन्वय समितिको अगुवाईमा बसेको वैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
संयोजक शिवराज थापाद्धारा हस्ताक्षरित मागपत्रमा सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्नुपर्ने, शिक्षकहरुको आर्थिक वर्ष २०७९÷०८०को वाँकी तलब भत्ता यथाशीघ्र उपलब्ध गराउनुपिर्ने माग गरिएको छ ।
यस्तै, दशैं तिहार नजिकै आइरहेको बताउँदै दशैं अगाडी सम्पूर्ण कर्मचारीहरुलाई तलब खुवाउने व्यवस्था गर्नुपर्ने माग उल्लेख छ ।
‘यी मागहरु असोज १८ गतेसम्म सुनुवाई नभएको पाइएको छ । अब हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’ संयोजक थापाले भने, ‘तत्काल नगरपालिकाले माग सम्वोधन नगरे त्यसका विरुद्ध हुने आन्दोलनको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्नेछ ।’
पहिलोप्रेस
२० आश्विन २०८०, शनिबार १७:१३