Loading... आजः १० पुष २०८१, बुधबार

थपिए २३ सय नयाँ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं ।
अघिल्लो दिन केही सन्तोष देखिएको कोरोना संक्रमण दरमा आज ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा देशभर थप २२ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको १६ हजार २३३ परीक्षणका क्रममा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । जसमा पीसीआर विधिबाट ११ हजार ८९२ परीक्षणमा १९ सय २ तथा ४ हजार ३४१ एन्टिजेन परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो । आजको संख्यासहित नेपालमा संक्रमितको संख्या ७ लाख ६१ हजार १२४ पीसीआर विधिबाट र एन्टिजेन विधिबाट गरिएको परीक्षण संख्या ८३ हजार ३६४ भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोमबार जारी गरेको बुलेटिनमा २४ घन्टाभित्र १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आजको संख्यासहित कोरोनाबाट मृत्यु हुनेको संख्या अब १० हजार ७३० पुगेको छ ।
सोही अवधिमा मुलुकका विभिन्न स्वास्थ्य संस्था र घरमै बसेर स्वास्थ्य लाभ गरेका १८ सय ८ जनालाई संक्रमण निको भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

योसहित कोरोना निको हुनेको संख्या अब ७ लाख १४ हजार ५२० पुगेको छ । यो भनेको निको हुने दर ९३.९ प्रतिशत भएको छ । आजसम्म मुलुकका विभिन्न अस्पतालका सघन उपचार कक्षमा ५६८ जना रहेका छन् भने १६० जनालाई भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको पनि मन्त्रालयको बुलेटिनमा जनाइएको छ ।
त्यस्तै यतिबेला सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ रहेको छ । ती मध्ये ३३ हजार ३३३ जना संक्रमित आ–आफ्नै निवासमा रहेर स्वास्थ्यलाभ गराइरहनु भएको छ भने २५ सय ४१ जनाचाहिँ स्वास्थ्य संस्थामा भर्ना हुनुभएको छ ।


सम्बन्धित समाचार