रक्सी विरोधी एमाले अध्यक्ष शाही, जसले समाज रुपान्तरणमा योगदान गरे
नन्दकृष्ण आचार्य/सुर्खेत ।
दैलेख जिल्ला साविकको जम्बुकाँध वडा नम्बर १ हाल चामुण्डाबिन्द्रासैनी वडा नम्बर ६ मा २०१९ सालमा जन्मेका नेकपा एमालेका दैलख जिल्ला अध्यक्ष सुर्य बहादुर शाही कक्षा ८ देखी नै राजनीतिमा संलग्न हुनुहुन्छ ।
२०३७ सालमा नेमकिपाबाट राजनीति सुरु गरेका शाहीले २०३९ सालमा दश कक्षा उर्तिण गर्नुभयो । त्यतिबेला राजनीति गर्नका लागि गाउँमै बस्नुभयो । त्यतिबेला सानीशाखा प्राबिधिक शाखामा पदम बहादुर तारामी र हर्क बहादुर शाहीसँग मिलेर ठेक्कापट्टामा काम गरे । २०३९ सालमा तीन सदस्य कमिटिमा बसेर जिम्मेवारी समालिसके पछि कागजहरु सुरक्षाका लागि बाँसको ढुंग्रोभित्र राखेर आफ्नो राजनीति अवस्थालाई अगाडि बढाउदै २०४३ सालमा जम्बुकाँध गाउँ पञ्चायतको जनपक्षीय उम्मेदार बनेर नेमकिपा पार्टीको तर्फबाट उपप्रधानपञ्चमा निर्वाचित भए ।
२०४६ सालमा उपप्रधानपञ्च हुँदै गर्दा २०४६ साल फागुन ७ गतेबाट नेपालको बामपन्थिहरु र नेपाली काँग्रेसको सयुक्त जनआन्दोलन थियो । त्यतिबेला दैलेखमा नेमकिपा र नेपाली काँग्रेस पार्टी मात्र थिए । ७ गतेबाट हुुने त्यो जनआन्दोलनलाई दैलेखबाट कसरी संञ्चालन गर्ने भनेर फाल्गुन ३ गते दैलेख बजार गए ।
दैलेख बजार गएर सल्लाह गर्ने भनि जम्बुकाँधबाट दैलेख बजार जादै गर्दा बसाईको बारेमा हल्ला भईसके पछि पुलिसले ९ जनालाई फाल्गुन ३ गते नै सिधैँ कारागार लगेर झन्डै दुई महिना जति त्यहाँ बसाल्यो । त्यस पछि चैत्र २६ गते बहुदल घोषणा भइसके पछि त्यहाँबाट बाहिर निस्के । बहुदल आइसके पछि २०५२ सालसम्म नेमकिपाको जिल्ला कमिटिमा रहेर काम गरे । २०५२ साल जेठ १० गते माधव नेपालको उपस्थितिमा दैलेख जिल्लाको ८० प्रतिशत संगठन नेकपा एमालेमा समाहित भयो ।
त्यसपछि नेकपा मालेको जिल्ला कमिटि सदस्य भए । त्यसको ६ महिना पछि जिल्ला अधिवेशन भयो । त्यो पहिलो जिल्ला अधिवेशन पछि उपसचिवमा काम गरे । दोस्रो जिल्ला अधिवेशनमा उपसचिवमा निर्वाचित भए । २०६० सालको तेस्रो जिल्ला अधिवेशनमा सचिवमा निर्वाचित भए । त्यो कार्यकाल पुरा गरिसके पछि चौँथो,पाँचौ त्यो भन्दा यताका अधिवेशनहरुमा म पदाधिकारीमा लडेनन् । सदस्यमा मात्र बसेर काम गरेँ ।
यतिखेरको २०८१ को जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला अध्यक्ष भए । उता २०४८ सालको जम्बुकाँध गाउँविकास समितिको चुनावमा वडा अध्यक्षमा निर्वाचित, त्यसपछि २०५४ को दोस्रो स्थानिय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर पछि जिल्ला विकास समिति दैलेखको चुनावमा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भए । नेपालमा राजनीति उथलपुथल भएका कारण त्यसपछि २०७४ सालको चुनावमा दैलेख जिल्लाको (ख) केन्द्रबाट प्रदेशमा नाम सिफारिस भएपनि टिकट चाहिँ पाएनन् । २०४६ सालबाट नै रक्सी विरोधि आन्दोलनको नेतृत्व गरे । त्यतिबेला दैलेखको चुप्रामा रक्सी फ्याक्टी थियो । त्यसको विरोध गर्न अग्रसर भए । ३
४ महिना लगाएर दैलेख जिल्लालाई रक्सी निषेधित जिल्ला घोषणा गरे । दैलेख जिल्लाको कम्युनिष्ट आन्दोलनमा जोडिए देखि हालसम्म निरन्तर लागि रहेका छन् । नेमकिपाको विधार्थी संगठनबाट राजनीति सुरु गरी २०५२ सालमा नेकपा एमालेमा प्रवेश गरी हालसम्म एमाले मै सक्रिय राजनीति गरिरहेका छन् । यहि भाद्र २०–२२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान सभा छ । त्यो विधान सभामा दैलेख जिल्लाबाट ७ जना केन्द्रिय कमिटिका सदस्य र १८ जना दशौँ राष्टिय महाधिवेशन प्रतिनिधिहरु गरी २५ जनाको सहभागिता रहने छ ।
पार्टीको सदस्यता नविकरण गर्ने क्रममा अरु राजनीति दलको भन्दा एमालेले एकवर्ष अगावै सदस्यता नविकरण गर्ने गरेको छ । दैलेख जिल्लाको कुरा गर्दा नयाँ र पुराना गरी १० हजार २५१ सदस्यता नविकरण भएर संगठन विभागमा गइसकेको छ । विधान महाधिवेशनमा सदस्यता नविकरण गर्ने प्रस्तावको रुपमा केन्द्रिय कमिटिले निर्णय गर्ने र तलबाटै सुझाव संकलन गर्ने भन्ने कुरा छ । सदस्यता दुई खालको बनाउने कुा छ ।
संगठित सदस्यता र पार्टी सदस्यता, एउटा सदस्यताले थोरै पैसा लिएर आम मान्छेलाई संंगठित गर्ने र अर्को सदस्यताले निश्चित कार्यकर्ताको रुपमा नेता कार्यकर्तालाई देखाउने गरी व्यवस्था गर्ने भन्ने छ । यो विधान सभाले पारित गर्छ ।
दैलेखमा कमिटीको हिसाबले अधिवेशन भएर जिल्ला कमिटी ११ वटा पालिका कमिटी ९० वटा वडा कमिटी ४८० वटा टोल कमिटी छ । ४७३ वटा टोल कमिटीमा अधिवेशन भइसकेको छ भने ७ ओटामा बाँकी छ । पार्टीको सर्कुलर अनुसार वडामा, पालिकामा, जिल्लामा, निर्वाचन क्षेत्रहरुमा टोटल मतदाताहरु ३ प्रतिशत पार्टीको सदस्यता बनाउने भन्ने सर्कुलर थियो । जसमा ९० वडा मध्य ३ वडा बाहेक अरु सबै वडामा ३ प्रतिशत सदस्यता पूरा भएको छ ।
११ पालिका मध्य ६ वटा प्रदेशका निर्वाचन क्षेत्र संघका निर्वाचन क्षेत्र र सिंगो दैलेख जिल्लाको ६ प्रतिशत क्रश छ ।
दैलेख जिल्लामा १७ वटा जनसंगठनहरु क्रियाशील छन् । हामीले जरा केन्द्रित विशेष अभियान राम्रो तरिकाले सम्पन्न भयो । एमालेले गर्न खोजेको काम, उद्देश्य, योजना जरा अभियानमा बुझाउने काम गरियो । गत वर्ष ८८१६ सदस्यता नविकरण थियो भने अहिले १०२५१ पुगेको छ । मैले पार्टीमा रहेर काम गर्दै गर्दा कहिले उपसचिव कहिले सचिव भएर काम गरे । हाल जिल्ला अध्यक्ष छु । लामो समय एमालेमा रहेर काम गरियो । बाँकी जीवन पनि एमाले मै बिताउने हो ।
पहिलोप्रेस
७ भाद्र २०८२, शनिबार ०८:४७