दुर्घटनामा परि खुट्टा गुमाएका दैलेखका सार्कीलाई एक लाख बढिको सहयोग
सुर्खेत ।
दैलेख जिल्लाको भैरवी गाउँपालिका ३ का रमेश सार्कीलाई आज दैलेखका युवाहरुले आर्थिक सहयोग गरेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढे पछि रोजगारको सिलसिलामा भारत गएका भैरबी गापा तीन चगत्रा निवासी रमेश सार्की नेपाल फर्क्ने क्रममा नेपालगन्ज नजिक गाडी दुर्घटना परि एक खुट्टा गुमाउन पुगेका थिए ।
‘भारत गएर कमाएर पेट्न पाल्नुपर्ने अबस्थामा एक खुट्टा गुमाउनुको पीडा भोगिरहेका रमेश सार्कीलाई उनको जीवनयापन तथा बैकल्पिक खुट्टा को व्यवस्थापन गर्नमा केही सहयोग होस भनी आर्थिक संकलन सुरु गरेका थियौं ।’ सहयोग संकलन कर्ता पुस्कर उपाध्यायले भने, ‘हेमा खड्का, कबिराज केसिलगायतको पहलमा हामीले यो अभियान सुरु गरेका थियौं । आर्थिक रुपमा कमजोर सार्कीलाई एक लाख १० हजार ८४५ रुपैंया जम्मा भएको थियो । वडा अध्यक्ष देवि भण्डारीलगायतको रोहवरमा हस्तान्तरण गरेका छौं ।’
सहयोग प्राप्त भएपछि सार्कीले खुशी प्रकट गरे । ‘खुट्टा हाल्नका लागि आवश्यक रकमको व्यवस्थ ागर्न सकेको थिएन । भारत नगई जीविको चलाउन नमिल्ने मेरो अवस्थाप्रति ख्याल गरेर सहयोग दिनु भएकोमा हाार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले भने, ‘अब यो रकमबाट उपचार गर्ने काम गर्नेछु ।’
पहिलोप्रेस
१८ भाद्र २०७८, शुक्रबार ०६:५०