माओवादीका दल नेता शर्माले राजीनामा दिएसँगै प्रमूख सचेतकपनि रिक्त

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले बुधबार दलको नेताबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि प्रमूख सचेतकको भूमिकामा रहेका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसिको पद पनि गएको हो ।
शर्माले राजीनामा पत्रमा आफ्नो निर्णयबारे उल्लेख गर्दै भनेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’
तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरू एकीकृत हुँदै नयाँ नेपालदी कम्युनिष्ट पार्टी गठन भएसँगै नवगठित पार्टीभित्र जनार्दन शर्माको पक्षधर देखिएका पूर्वमुख्यमन्त्री शर्माले त्यसैको प्रभावस्वरूप दलका नेताबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा आएसँगै बुधबार बसेको दलको वैठकले राजीनामा स्वीकृत गरेको छ भने उनलाई सांसद पदबाट हटाउन पत्राचार गर्ने निर्णय समेत गरेको हो ।
‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको छ । उहाँ अब हाम्रो दलमा नै नबस्ने भएपछि नयाँ दल नेता चयनको प्रक्रिया र उहाँलाई पदमुक्त गर्ने प्रक्रिया एकैसाथ सुरु हुन्छ ।’ कर्णाली प्रदेश सभामा रहेका अन्य दलसँग सहकार्य, समन्वय तथा छलफल गर्ने जिम्मा पाएका नेता जिसिले भने, ‘उहाँको राजीनामापछि नयाँ पदाधिकारी चयन नहुञ्जेल दलको एकीकरणसम्बन्धी निर्णय, आवश्यक समन्वय र नियमित काम–कारबाही सञ्चालन गर्ने जिम्मेवारी मलाई दलको वैठकले दिएको छ ।’
उनका अनुसार अब दलको विधानसमेत संशोधन गर्ने निर्णय दलको वैठकले गरेको छ ।
अब को बन्ला दलको नेता ?
शर्माले राजीनामा दिएसँगै कर्णालीमा माओवादी केन्द्र (अहिले नेकपा) संसदीय दलको नयाँ नेता चयनका लागि व्यापक छलफल सुरु भएको हो । नाम उल्लेख नगर्ने शर्तमा नेकपाका एक सांसदका अनुसार बुधवार बैठक बसेको र बैठकमा धेरै आकांक्षी देखिएका हुन् । संसदीय दलको नेताका लागि दाबी गर्ने नेताहरूमा ५ जना भन्दा बढी रहेका छन् । स्रोतका अनुसार हाल नेकपा माओवादी संसदीय दलका प्रमूख सचेतक एवम पूर्व मन्त्री कृष्ण जिसी, नेकपा माओवादीका केन्द्रीय सदस्यहरु एवम् पूर्व मन्त्रीहरु विन्दमान विष्ट, मंगल शाही, महेन्द्र केसी र भीम प्रकाश शर्माको सशक्त दाबी रहेको छ ।
‘उहाँहरु तीन जना केन्द्रीय सदस्य हुनुहुन्छ भने हाल प्रमूख सचेतक रहेका जिसीको पनि दावी रहेको छ ।’ माओवादी स्रोत भन्छ, ‘यसअघि पनि जिसी, विष्ट र शाहीले दलको नेतामा दावी गर्नु भएको थियो । त्यतिबेला जर्नादन शर्माको हस्तक्षेपका कारण उहाँहरु रोकिनु परेको थियो ।,’ स्रोतका अनुसार दलको नेता हुने पहिलो सम्भावना भीम प्रकाश र महेन्द्र केसी रहेका छन् । राज कुमारलाई काउन्टर दिन महेन्द्रलाईं नै बनाउने सम्भावना रहेको स्रोतको दाबी छ । स्रोेतका अनुसार बैठकमा अबको एक महिना भित्रै दलको नेता चयन गर्नुपर्ने माग उठेको छ । यस्तै हाल प्रमुख सचेतक पनि खाली रहेको स्रोत भएको भनाइ छ ।







पहिलोप्रेस
१८ मंसिर २०८२, बिहीबार १२:२४