Loading... आजः ४ पुष २०८१, बिहीबार

१२ औं दिनसम्म पनि सात मन्त्रालय रित्तै

सत्ता गठबन्धन किचलोले कर्णालीमा मन्त्रीपरिषद् विस्तार अन्यौल

सुर्खेत ।
तीन वर्ष आठ महिना कणर्ाली सरकारको नेतृत्व गरेका महेन्द्र बहादुर शाहीले कार्तिक १६ गते मुख्यमन्त्री पद्बाट राजीनामा दिए । सत्ता साझेदारी गर्ने पूर्वसहमति अनुसार उनले कर्णाली सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । संघीयतापछि अस्थिर राजनीतिको सिकार बनिरहेको प्रदेश सरकारको रोग अन्तत कणर्ालीमा समेत देखा पर्‍यो । चालू कार्यकालमा एकपटक मात्रै भएपनि मुख्यमन्त्री बन्ने नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलको सपनालाई चकनाचुर बनाउन सफल भएका शाही केन्द्रीय सत्ता गठबन्धन जोगाउनकै लागि र मुख्यमन्त्री बन्ने ‘यामलाल सपना’ पूरा हुन नदिन सहज सत्ता बर्हिगमन रोजे ।
यसैपनि कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार विवादरहीत भने थिएन । महत्वकांक्षा, चर्चा र विवादको भुमरीमा शाही नेतृत्वको सरकार रुमलिएको थियो । केन्द्रीय राजनीतिमा जस्तै अस्वभाविक र चमत्कारिक सत्तारोहमा पुगेको नेपाली कांग्रेस कर्णाली समेत भाग्यमानी ठहरियो । कर्णालीमा प्रदेश सभामा एक मात्र प्रत्यक्ष सिट जितेको नेपाली कांग्रेसका नेता तथा संघीय सरकारका मन्त्री समेत भइसकेका हुम्लाका प्रदेश सभा सदस्य जीवनबहादुर शाही मुख्यमन्त्री बने । शाही मुख्यमन्त्री बनेको पनि दुईसाता बित्न लागिसक्यो ।

पहिलो गाँसमै ढुंगा भने जस्तै उनले अहिलेसम्म मन्त्रीपरिषद् विस्तार सकेका छैनन् । बरु उनको ध्यान उद्घाटन, कार्यकर्ता भेटघाट र सुवेच्छुक तथा पत्रकारहरुसँग सेल्फी खिचाउनमा देखिएको छ । उनले मन्त्रीपरिषद् विस्तारमा ध्यान दिन नसक्दा आठ मन्त्रालय मन्त्री विहीन भएका छन् । गत बैशाखमा आलोपालो सत्ता सञ्चालन गर्ने माओवादी र काँग्रेसबीच भएको सहमती अनुसार नै मुख्यमन्त्री बन्न सफल भएका शाही सरकारले राम्रो संकेत भने देखाएको छैन । यसैपनि फरक तीन सिद्धान्त र पृष्ठभूमिका दल सम्मिलित सरकार सञ्चालन सहज रहने भने देखिदैन । सत्ता साझेदार नेकपा माओवादी र समाजवादी पार्टीसँग भागवण्डाको कुरा नमिल्दा मन्त्रीपरिषदले पूणर्ता नपाएको मुख्यमन्त्री स्रोत बताउँछ । ठुलै साठगाँठका साथ मुख्मन्त्रीको पदभार सम्हालेका शाहीलाई मन्त्रीपरिषद् विस्तार गर्न अझै कम्तिमा एक हप्ता समय लाग्ने देखिन्छ ।

आफू एक्लैले शपथ खाएका शाहीले शपथ खाएकै भोलिपल्ट मन्त्रीपरिषद् विस्तार गर्ने घोषणा गरेका थिए । तर घोषणा अनुरुप शाहीले मन्त्री नियूक्त गर्न सकेका छैनन् । मन्त्रीका आकांक्षी धेरै भएपछि १० दिन पुगिसक्दा पनि मन्त्री बन्नेहरुको नाम टुङ्ग्याउने विषयमा सत्तारुढ दलहरुबीच छलफलसमेत हुन सकेको छैन । अहिले मन्त्री बन्नैका लागि नेताहरु शक्तिकेन्द्र धाउनमा व्यस्त छन् ।
मन्त्री बन्नेमा पक्कापक्की भएका एक नेताका अनुसार मन्त्रीमण्डल विस्तारमा तीनै दलका प्रमुख नेताहरु गम्भीर नभएका कारण यो समस्या उत्पन्न भएको हो । सत्ता साझेदार नेकपा माओवादी कणर्ाली संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री उपचारका क्रममा प्रदेश बाहिर रहेका कारण माओवादीबाट सरकारमा जाने नेताको नाम नटुङ्गिदा सरकार विस्तारमा ढिलाई भएको मुख्यमन्त्री स्रोतको भनाइ छ ।
यसअघि मन्त्रीमा नियुक्त गरेर शपथ नै नखाई मन्त्रीबाट हटाइएका माओवादीका प्रदेश सभा सांसद बिन्दमान बिष्ट मन्त्रीका लागि चर्चामा छन् । भने बाँकीको नाम टुंग्याउन बाँकी छ । यस्तै अर्को सत्ता साझेदार एकिकृत समाजवादी पार्टीले पाउने मन्त्रालयमा को जाने भन्ने विषयमा अन्यौल कायमै छ । यस्तै सरकारको नेतृत्व सम्हालेको कांग्रेसमा पनि मन्त्री पाउनुपर्ने मागले गर्दा किचलो बढ्दो छ । नयाँ बन्ने कणर्ाली सरकारमा सबैभन्दा धेरै माओवादीले चार वटा मन्त्रालय पाउँने छ भने समाजवादीले ३ र काँग्रेसले मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी पाउनेछ । दाबी गरे अनुसार मुख्यमन्त्रीसहित दश मन्त्रालय आवश्यक पर्दछ । तर, मन्त्रालयको संख्या भने मुख्यमन्त्रीसहित आठ मात्र छ । मन्त्रीलाई सपथ खुवाउन नपाएका मुख्यमन्त्री शाहीले आफ्नै सचिवालय समेत बनाउन नसक्दा आलोचित बन्दै गएका छन् ।

कर्णालीमा मन्त्रीपरिषद् विस्तार नहुँदा सबै मन्त्रालय रित्तै छन् । मन्त्रालयमा मन्त्री नहुँदा सेवा प्रवाहमा समस्या देखापरेको छ । यता नव नियूक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले केही दिनमै मन्त्रीपरिषद्ले पूणर्ता पाउने बताएका छन् । विभागीय मन्त्री नियुक्त हुन नसक्दा सात मन्त्रालयको भार मुख्यमन्त्री शाहीको काँधमा थुपारिएको छ । सपथ खाएको १२ औं दिन बितेको छ ।

यसरी बिते मुख्यमन्त्री शाहीका १२ दिन ?
कात्तिक १६ गते मुख्यमन्त्रीको सपथ खाइसकेपछि उनी दिनभरजसो बधाई खानमै व्यस्त भए । उनी निकटका पत्रकार, कांग्रैसका नेतादेखि मुख्यमन्त्री शाहीका शुभचिन्तकको ओइरो लाग्यो । बधाई थापिनसक्नु भयो । कात्तिक १७ गते मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका महामन्त्री पूणर्बहादुर खड्काले बधाइ दिए । २० गते तिहारको भाइटीका थियो । उनले आफ्नी बहिनी अन्जना शाहीको हातबाट फूलमाला पहिरिए ।
मुख्यमन्त्री भएको पाँचौ दिनमा उनी बधाई थाप्न हेलिकप्टर लिएर हुम्ला उडे । हुम्ला उनको गृहजिल्ला पनि हो । उनी एक रात त्यहाँ बसेर भोलिपल्ट मात्रै फर्किए । उनी आफ्नो गृह पालिका खार्पुनाथ समेत पुग्न भ्याए । विगतमा मुख्यमन्त्री शाहीले हेलिकप्टर चढेको भन्दै उनले विरोध गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाही वीरेन्द्रनगरमा बनिरहेको शहिद पार्कको अवलोकनमा गए । त्यहाँ गएर उनले प्रहरी विट स्थापना गर्न निर्देशन दिए ।

उनको निर्देशनबमोजिम त्यहाँ प्रहरी विट पनि स्थापना भयो । त्यसपछि उनी यातायात कार्यालयमा छड्के हान्न पुगे । त्यहाँ नागरिकका धेरै गुनासो आएको भन्दै विचौलियाका पसल हटाउन निर्देशन दिए तर उनको सो निर्देशनपछि यातायात कार्यालयमा सर्भरले काम गरेन भन्दै त्यहाँ कर्मचारीले काममा ढिलासुस्ती देखाए । पछिल्लो समयमा मुख्यमन्त्री शाही विभिन्न विकासे आयोजनाको स्थलगत अध्ययन गर्ने, अवलोकन गर्नेदेखि मन्त्रालयमा बसेर ज्ञापन पत्र बुझ्ने काममा व्यस्त छन् । प्रमुख सत्तारुढ दलसँग मुख्यमन्त्री भएकै दिनदेखि उनको दूरी बढेको बढ्यै छ । अबको १८ दिनमा उनले कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । जुन उनका लागि चुनौतीपूणर्ण छ ।


सम्बन्धित समाचार