१४ औं दिनपछि कर्णालीमा मन्त्रीपरिषद् विस्तार
सुर्खेत ।
कर्णालीका नवनियूक्त कृषि मन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीले करिव दुई सातापछि शाहीलाई आफ्नो मन्त्री मन्त्रिपरिषदमा् पहिलो मन्त्रीकारुपमा भित्र्याएका हुन् ।
मुख्यमन्त्री शाहीले सपथ लिएको १४ औं दिनपछि कणर्ाली प्रदेश संसदीय दलका नेता शाहीले कृषि मन्त्रीको जिम्मेवारी पाएका हुन् । नवनियूक्त मन्त्री शाहीले मंगवार साझ साढे ५ बजे सपथ खाने भनिएपनि उनलार्ई दिने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जान नमानेपछि सपथ रोकिएको थियो । तर, कृषिमन्त्री दिने सहमती भएपछि शाहीले सपथ लिएका हुन् । शाही नेकपा एमाले मुगुबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद हुन् ।
शाही नेकपा एमाले विभाजन भएपछि माधव नेपाल समूहको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेका थिए । मुगुको सोरु गाउँपालिका १ जवलाधाराका शाहीले आइएलसम्मको अध्ययन पुरा गरेका छन् । २०४० सालदेखी प्रत्यक्ष राजनीतिमा होमिएका शाहीले तीन वर्ष जेल जीवन बिताएका थिए ।
पहिलोप्रेस
३० कार्तिक २०७८, मंगलवार १९:१७