Loading... आजः ४ पुष २०८१, बिहीबार

समाजवादीका शाही बने आन्तरिक मामिला मन्त्री

सुर्खेत ।

कर्णाली प्रदेशमा  नेकपा एकिकृत समाजवादी पार्टीका नेता चन्द्रबहादुर शाही मन्त्री बनेका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले करिव दुइ सातापछि शाहीलाइ अाफ्नाे मन्त्री मन्त्रिपरिषदमा एक जना सदस्य थपेका हुन् । उनले मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मुगुका शाहीलाइ जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ । उनको बेलुका साढे ५ बजे सपथ ग्रहण कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

नेकपा एमाले मुगुबाट निर्वाचित सांसद नेकपा विभाजनसँगै माधव नेपालको पक्षमा लागेको थिए । तर नेकपा एमाले विभाजन भएपछि शाहीले नेकपा एकीकृत समाजवादी राजेका हुन् । मुगुको सोरु गाउँपालिका १ जवलाधाराका शाही आइएलसम्मको अध्ययन गरेका छन् । २०४० सालदेखी राजनीतिकमा लागेका शाही तीन वर्ष जेल जीवन विताएका थिए ।


सम्बन्धित समाचार