Loading... आजः ४ पुष २०८१, बिहीबार

जिल्ला सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित, नतिजा देउवा पक्षको पाेल्टामा

सुर्खेतका दुवै निर्वाचन क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिमा खड्कानिकट प्यानलकाे जित ।

सुर्खेत ।

नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । संस्थापन इतर पक्षका रेग्मी खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

३ सय २० मत ल्याएका उनी १२ औं स्थानमा रहे । सुर्खेतको क्षेत्र नम्बर २ बाट जिल्ला सभापति रेग्मी पराजित हुँदा उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, तिर्थजंग शाही, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

देउवा पक्षको शतप्रतिशत नतिजा
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा संस्थापन पक्षले शतप्रतिशत नतिजा निकालेको छ । महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतका दुवै निर्वाचन क्षेत्रबाट संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ बाट महामन्त्री खड्का पनि सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ८ सय ७४ मत खसेकोमा खड्काले ७ सय ३६ मत पाए । स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि खड्का गृहजिल्लाबाट निर्वाचित भएका हुन् ।

सुर्खेतको दुवै क्षेत्रका सबै महाधिवेशन प्रतिनिधि खड्कानिकट प्यानलले जितेको छ ।


सम्बन्धित समाचार