Loading... आजः ४ पुष २०८१, बिहीबार

विवाह बन्धनमा बाँधिए एथलेटिक्सका पूर्व खेलाडी सन्तोष र दिलमाया

नेपालगन्जका सन्तोष र सुर्खेत बराहताल गाँउपालिका ४ की दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

सुर्खेत ।

पूर्व  एथलेटिक्सका खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एपिएफ क्लबमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत नेपालगन्ज ३७ वर्षे सन्तोष र सुर्खेत बराहताल गाँउपालिका ४ की ३२ वर्षे दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई  विवाहमा परिणत गरेका हुन् ।

छोटो दुरीका धावक उनीहरु खेलकै दौरान नजिक भएका थिए । सन्तोष १६ वर्ष अघि र दिलमाया ९ वर्षअघि एपिएफ क्लवमा आबद्ध भएका थिए । दिलमायाले केहि समय अघि जर्मनीबाट स्पोर्टस एथलेटिक्सको कोर्स पूरा गरेकी छन् भने सन्तोषले ५ वर्षअघि भारतको पटियालामा एक वर्षे एथलेटिक्सको डिप्लोमा कोर्स गरेका थिए । अहिले एपिएफमा सन्तोष मध्यम र लामो दूरीका खेलाडीलाई प्रशिक्षण दिन्छन् । त्यस्तै दिलमायाले भने १ सय, २ सय मिटर, ४ सय मिटरका खेलाडीलाई प्रशिक्षण दिन्छन् ।

दिलमायाले एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुद (साग) र विश्व च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गरेकी थिइन् । उनी ४ सय मिटर र ४ गुण ४०० रिलेको कीर्तिमानी खेलाडी पनि हुन् । सन्तोषले भने २०१० को ११ औं साग र मकाउमा भएको एसियन इन्डोरमा सहभागिता जनाएका थिए । सन्तोष टोकियो ओलम्पिकमा सरस्वती चौधरी र बर्लिन म्याराथनमा गोपीचन्द्र पार्कीको प्रशिक्षकका रुपमा सहभागी भएका थिए । शनिबार सम्पन्न नेपालगन्ज म्याराथनमा पनि उनी एपिएफ टोलीको प्रशिक्षकका रुपमा सहभागी भए ।


सम्बन्धित समाचार