नाम्खामा हेलिकाेप्टरबाट खाद्यन्न ढुवानी गरिदैं
सुर्खेत ।
हिमाली जिल्ला हुम्लाकाे नाम्खा गाउँपालिका–६ लिमी गाउँका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी हुने भएको छ । लिमी गाउँमा चरम खाद्यान्न अभाव देखिएपछि गृह मन्त्रालयको पहलमा हेलिबाट खाद्यान्न ढुवानी हुने भएको हो । लिमि गाउँका लागि सेनाको हेलिकप्टरबाट ढुवानी हुनेछ । हुम्लाका प्रम्रख जिल्ला अधिकारी गणेश आचार्यले लिमीका लागि गृह मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न परिपत्र गरेपछि सेनाकाे हेलीबाट खाद्यान्न ढुवानी हुन लागेकाे जानकारी दिए ।
तत्कालका लागि हिल्सामा रहेको ४६० क्विन्टल मैदा र चामल पठाउन सकिने जानकारी गृह मन्त्रालयलाई दिएको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको उनले बताए । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तत्कालका लागि हिल्सामा रहेको खाद्यान्न लिमीका लागि हेलिकप्टरबाट ढुवानी भए समस्या समाधान हुने बताए ।
पहिलोप्रेस
९ मंसिर २०७८, बिहीबार १०:३०