पदाधिकारी माग्न सुर्खेतदेखि सौराहा !
सौराहा ।
नेकपा एमालेको जारी महाधिवेशनमा एमालेले कर्णालीलाई एक पदाधिकारी दिनु पर्ने माग राख्दै राष्ट्रिय युबा संघमा आवद्ध युवाहरू चितवन आइपुगेका छन् । युबा संघ नेपालका सचिबालय सदस्य एबम सुर्खेत जिल्ला अध्यक्ष कमल खड्का जुनिको नेतृत्वमा एक टोलि सौराहा आइ पुगेको हाे । हामी नीति निर्माण गर्ने तहमा हालसम्म पुग्न सकेका छैनौं ।
पार्टी नेतृत्वलाई दवाब दिनका लागि हामी ब्यानर सहित यहाँ आएका हौं ।” जुनि भन्छन, यसपाली पार्टीले कर्णालीलाई सम्मान गर्ने अपेक्षा गरेका छौँ ।”केन्द्रीय सचिबालय सदस्य एबम शारीरिक अपाङ्गता भएका किरण सापकोटा पनि सौराहा आइ पुगेका छन । टिसर्टमा कर्णाली प्रदेश बाट पदाधिकारी सुनिस्चित गरौ भन्ने नारा लेखेर उनी यहाँ आएका हुन ।
“हामीलाई अरु धेरै चाहिएको छैन । यामलाल कँडेललाइ सचिब बनाइ दिए हुन्छ ।” उनी भन्छन,”पार्टी नेतृत्वलाई दवाब दिन हामी यहाँ आएका हौं ।” उनले पुर्बी नेपालदेखि पश्चिम नेपालका महाधिवेशन प्रतिनिधि सङ्ग कर्णालीलाई न्याय दिन अनुरोध गरिएको बताए । नेता कँडेल कर्णालीबाट पदाधिकारीका एक्ला दाबेदार हुन । उनलाइ सचिब बनाउनु पर्ने भन्दै कर्णालीका प्रतिनिधि र केन्द्रिय सदस्य एकजुट बनेर प्रचार प्रसार गरिरहेका छन ।
फाेटाे : पहिलाे प्रेस ।
पहिलोप्रेस
१२ मंसिर २०७८, आईतवार ११:५९