कर्णालीबाट केन्द्रीय सदस्यका आकांक्षी अन्यौलमा, कसैसँग भएको छैन सल्लाह
सौराहा ।
नेकपा एमालेको जारी दर्शो महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्य पदका आकांक्षीहरु अन्यौलमा परेका छन् ।
महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपि शर्मा ओलीलाई सबै पद छान्ने एकाधिकार दिइएपछि कर्णालीबाट को केन्द्रीय सदस्य हुन्छन भन्ने खुल्दुली सबैमा जागेको छ । कर्णालीले खुला पुरुषतर्फ ६ र महिला तर्फ तीन जना केन्द्रीय सदस्य पाउनेछ । हाल ११ जना पुरुष केन्द्रीय सदस्य रहेको अवस्थामा को केन्द्रीय सदस्यबाट हटछन् भन्ने कुराले केन्द्रीय सदस्यहरुको निद्रा हराएको छ ।
खै कसरी केन्द्रीय सदस्य छान्छन थाहा भएन । हामीसँग कसैले कुनै सल्लाह गरेको छैन । एमाले युवा नेता एवम केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, हालसम्म मलाई कसैले बसाईबारे जानकारी दिएको छैन । उनले एमाले सहसंयोजक यामलाल कंडेललाई सोध्न सुझाए । हाल पार्टीको पदाधिकारीको नै टुगों नलागिसकेको बताउँदै केन्द्रीय सदस्यका आकांक्षीहरु अहिले अन्यौलमा रहेको उनको भनाई थियो ।
एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले एघारै जना पर्न सक्ने सम्भावना रहेको बताए । साविकका केन्द्रीय सदस्य सबै पर्छन होला । समायोजन गर्नुपर्ने अवस्था भएका कारण यस्तो निर्णय हुनसक्छ । उनले भने, विगतमा भन्दा अहिले महिला नेतृ आउने देखिएको छ । यसअघि महिला केन्द्रीय सदस्य बनेका थिएनन् ।
यो पाली तिन जना महिला आउने भएका छन् । यता, कर्णाली प्रदेशबाट सचिव पदका एकलौटटी दाबेदार एवम एमाले कर्णाली सहसंयोजक यामलाल कंडेलले भने को केन्द्रीय सदस्य बन्ने भन्ने बारेमा कुनै छलफल नभएको बताए । तर स्रोतले भने कर्णालीबाट को को केन्द्रीय सदस्य बन्ने भन्ने लिष्ट नेता कंडेलको गोजीमा रहेको दाबी गरेको छ ।
कर्णालीबाट नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले बनेका धर्मराज रेग्मीको भने पद सुरक्षित भएको आंकलन गर्न थालिएको छ ।
पहिलोप्रेस
१२ मंसिर २०७८, आईतवार १३:१४