Loading... आजः ३ कार्तिक २०८२, सोमबार

पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली तयार

रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन ओली तयार ।

चितवन ।

एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता भर्खरै सकिएको छ ।

वार्तामा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार भएको स्रोतले नेपाल प्रेसलाई बतायो । स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार रहेको बताएका छन् ।

एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।


सम्बन्धित समाचार