Loading... आजः २ कार्तिक २०८२, आईतवार

मतदानमा सहभागी हुने तर घोषणा भए बहिष्कार गर्ने रावलको रणनीति

चितवन ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूनिकटकालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् ।

रावलले निर्वाचन भए मतदानमा सहभागी हुने घोषणा गरे बहिष्कार गर्ने योजना बनाएको स्रोतले बतायो । उनले यस विषयमा अरुलाई पनि तयारी रहन भनेका छन् ।

‘जति मत आए पनि लड्छु’, रावलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘टीका लगाएर अध्यक्ष बनाउने कुरामा मेरो विमति हो । निर्वाचनमा जानुपर्छ मलाई तपाईंहरूले सहयोग गर्नुपर्छ ।’

रावललाई उपाध्यक्षमा राख्न ओली तयार रहे पनि उनी अध्यक्षबाहेक पदमा नबस्ने अडानमा छन् । उनीनिकटकाले भने रावललाई वरिष्ठ अध्यक्षका लागि आग्रह गरिरहेका छन् ।


सम्बन्धित समाचार