Loading... आजः ६ पुष २०८१, शनिबार

अर्थमन्त्री बन्दै माओवादी सांसद विष्ट

विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो ।

सुर्खेत ।
मुख्यमन्त्रीमा नियूक्त भएको २८ औं दिनमा कणर्ाली सरकारले नयाँ मन्त्री पाएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले थप एक जना मन्त्रीलाई नियुक्तीका लागि सिफारिस गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रदेश सांसद विष्टलाइ आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिँदै मुख्यमन्त्री शाहीले निुयूक्तिका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस हुन् ।
विष्ट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद हुन् । प्रदेश सभामा मंगलबाार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले विष्टलाई आर्थिक मामिला मन्त्रीको रुपमा सरकारमा पठाउने निणर्य गरेको थियो । केन्द्रले अन्य थप मन्त्रीका बारेमा भने कुनै निणर्य गरेको छैन ।

विष्ट यसअघि पनि मन्त्रीका लागि सिफारिसमा परेका थिए । तर अन्तिम समयमा उनको नाम हटाइएको थियो ।

विष्टलाई आजै साँझ साढे सात बजे सपथ खुवाउने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कणर्ालीमा यसअघि नेकपा एकीकृत समाजवादीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा चन्द्रबहादुर शाही नियुक्त भएका थिए । अझै पाँच मन्त्रालयमा रिक्त छन् ।


सम्बन्धित समाचार