Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

संसदमा शाहीको पक्षमा २२ र विपक्षमा शून्य मत प्राप्त गरी विश्वासकाे मत प्राप्त गरेकाे सभामुख राजबहादुर शाहीद्धारा घोषणा।

सुर्खेत ।

मुख्यमन्त्रीको सफथ लिएको २९ औं दिनमा कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संसदबाट विश्वासको मत पाएका छन् । आलोपालो सत्ता सञ्चालनमा भएको सहमति अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्तिक १६ गते पदबाट राजिनामा दिएपछि शाही मुख्यमन्त्री बनेक थिए ।

शाहीलाइ सत्ता साझेदार नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाकाे समर्थन रहेको छ । संसदमा शाहीको पक्षमा २२ र विपक्षमा शून्य मत प्राप्त गरी विश्वासकाे मत प्राप्त गरेकाे सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

नेकपा एमालेकाे जारी महाधिवेशनका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन । प्रदेशसभामा एमालेका १३, माओवादी केन्द्रका १२, काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।


सम्बन्धित समाचार