माओवादीको कर्णाली प्रदेश अध्यक्षमा केसी निर्विरोध
सुर्खेत ।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध भएकी छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो ।
कर्णालीको प्रदेशमा यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत भएकी केसी २०४६ सालदेखी राजनीतिमा आवद्ध भएकी हुन् ।
१० वर्षे जनयुद्धमा भूमिगत भएकी केसी दुई पटक हिरासत बसेकी थिइन् । केसी रूकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । बाँकी पदाधिकारीमा भने अझै टुंगो लाग्न बाँकी छ । मंगलबार मात्रै सम्मेलनले २११ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको थियो ।
पहिलोप्रेस
२९ मंसिर २०७८, बुधबार १८:५९