Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

नेपाली कांग्रेसको उपसभापतिमा खड्का विजयी

धनराजसँग गच्छदार २ मतले पराजित

काठमाडौं ।

.नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनबाट पूर्ण बहादुर खड्का  र धनराज गुरुङ उपसभापतिमा विजयी भएका छन् ।

१४ औं महाधिवेशनबाट खड्का २१२१ मत र गुरुङले  १९०८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे । यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । भने उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरी पराजित भएका छन् ।


सम्बन्धित समाचार