Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

बबइ–छिन्चु सडक खण्डमा सुरूङमार्गको सम्भाव्यताका लागि ठेक्का आह्वान

सुर्खेत, ८ पुस ।
कोहलपुर–सुर्खेत सडक खण्ड अन्तरगतर बबइ–छिन्चुमा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि गुणस्तर अनुसन्धान विकास केन्द्रले बुधबार ठेक्का आह्वान गरेको छ । केन्द्रले परामर्शदाता कम्पनी नियुक्त गरेर अध्ययन गर्न लागेको हो ।

आगामी वर्ष भित्रै प्रतिवेदन तयार पार्ने गरी अध्ययन अघि बढाउन लागिएको केन्द्रका प्रमुख प्रभात झाले बताए। ‘सम्भाव्यता अध्ययन भएपछि मात्रै सुरुङमार्ग कहाँनेर फिजिवल हुन्छ भन्ने एकीन हुन्छ,’ उनले भने,‘यो अध्ययन रिपोर्ट तयार भएपछि थप विस्तृत अध्ययन अघि बढाउने योजना छ ।’

नौ महिनामा अध्ययन रिपोर्ट तयार पार्ने गरी अघि बढाइएको उनको भनाइ छ । ‘खरिद प्रक्रिया नै चार महिना लाग्छ, चार÷पाँच महिना अध्ययनका लागि लागिहाल्छ’ उनले भने । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत यो वर्षका लागि सातवटा सुरुङमार्गको योजना थपेका थिए । सोही सूचीमा बबइ–छिन्चु पनि परेको छ ।


सम्बन्धित समाचार