अनेरास्ववियु सुर्खेतको अध्यक्षमा आशिष आचार्य
सुर्खेत । अनेरास्ववियु सुर्खेतले आशिष आचार्यकाे अध्यक्षतामा ३० सदस्यीय जिल्ला कमिटी निर्माण गरेकाे छ । कमिटीकाे उपाध्यक्षमा केशव सावद, सचीव, ललितबहादुर खत्री, सहसचिव दिपक तिवारी, सहसचिव प्रकाश कंडेल, सहसचिव गिता राना र कोषाध्यक्ष रिता रोकाया चयन भएका छन् ।
जिल्ला कमिटीकाे सदस्यहरुमा हस्ता देवकाेटा, कमलप्रसाद देवकाेटा, रामबहादुर नेपाली, सरिता नेपाली, दिपेन्द्र शाही, दिपक शाही र प्रतिक शाही चयन भएका छन् ।
यसैगरी अबिरल ढकाल, सिता जिसी, अम्मरबहादुर थापा, आशिष चालिले, दिपेन्द्र शाही, तनु परियार, पुनम पुन, महेन्द्र बिसी, तेजबहादुर साेमै, निर्मला बस्नेत, विपना थापा, कपिलकुमार थापा, छविलाल खत्री, विवश खनाल, भवानीप्रसाद ढकाल र याेगेन्द्र आचार्य चयन भएका छन् । भूगाेलबाट चयन हुनुपर्ने एकजना महिला सदस्य जिल्ला कमिटीले मनाेनित गर्ने जनाएकाे छ ।
उक्त अधिवेशनमा संगठनका केन्द्रीय उपाध्यक्ष याम पाण्डे, संगठनका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज सूर्य रोकाय, अनेरास्ववियु स्थायी कमिटी सदस्य घनश्याम पुन, सचिवालय सदस्यहरु प्रेम खड्का, चक्र शाही, धुपेन्द्र शाही, गगन सिंह ठकुरी, प्रभात पोखरेल, केन्द्रीय सदस्य बिबेचना खनाल, हिक्मत बस्नेत लगायतको उपस्थिति रहेकाे थियाे ।
पहिलोप्रेस
२४ पुष २०७८, शनिबार ०९:१९