अनेरास्ववियु मुगु अध्यक्षमा हंश रावल
मुगु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु) मुगुको जिल्ला भेलाले २२ वर्षिय युवाको नेतृत्वमा जिल्ला समिती सर्वसम्मत चयन गरेको छ ।
बिहीबार सम्पन्न अनेरास्ववियु जिल्ला समिती मुगुको ११ औ जिल्ला अधिवेशनबाट २२ वर्षिय युवा हंश रावलको नेतृत्वमा ४१ सदस्यीय जिल्ला समिती सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनमा सहभागी विद्यार्थी प्रतिनिधीहरुले अध्यक्षमा हंश रावल, उपाध्यक्षमा दोय रोशनजंग शाही ठकुरी, रविन मल्ल ठकुरी, सचिवमा लेखराज परियार, सह-सचिवमा वैदेवी बुढा सहित ४१ सदस्यीय जिल्ला समिती सर्वसम्मत चयन गरेको नव निर्वाचित अध्यक्ष रावलले जानकारी दिए ।
पहिलोप्रेस
२४ पुष २०७८, शनिबार ०९:२८