Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

बाँच्ने आश छ तर…

उपचारमा १५ लाख खर्च गरेका गुरुङ्गसँग अब न पैसा छ न कसैको साथ अनि बाँच्ने आशा नै ।

सुर्खेत ।
भारतको बैंगलोरस्थित एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डको काम गर्ने युवराज गत भदौंमा एक्कासी विरामी परेपछि अस्पताल भर्ना भए । स्वास्थ्यमा समस्या देखापरेपछि अस्पताल भर्ना भएका युवराजको स्वास्थ्य परीक्षण गर्र्दा दुवै मृर्गौला फेल भएको रिपोट आयो ।

त्यो रिपोर्ट आएको दिनले उनको जीवन नै उदास बनाइ दिएको छ । कमजोर आर्थिक अवस्था भएका उनलाई अब कसरी उपचार गरेर बाँच्ने भन्ने पिरले सताउन थालेको छ । उनी हुन् बराहताल गाउँपालिका-१०, सुर्खेतका २४ वर्षे युवराज गौतम । उनको परिवारमा डेढ वर्षको छोरा, पत्नी र उमेरले डाँडा काटि सकेका बाबुआमासहित पाँच जना छन् । गौतमको कमाई बाहेक उनको परिवारमा अन्य कुनै आयस्रोत छैन ।
वीरेन्द्रनगरमा डेरामा बस्दै आएका गौतमलाई उपचारको भन्दा पनि डेरा भाडा र छाक कसरी टार्ने भन्ने कुराले पिरोल्ने गरेको छ । भारतमा सुरक्षा गार्डको काम गर्दै परिवारको जिविका चलाई रहेका गौतमको जीवनमा कालो बादल मडारिएको छ । आजभोली हरेक समय उनका लागि पट्यार लामो लाग्न थालेको छ । उपचारका क्रममा गाउँमा रहेको घरखेतसमेत बेचेर सपरिवार विस्थापित भएका गौतम हाल सुर्खेतस्थित कणर्ाली प्रदेश अस्पतालमा नियमित डाइलासिस गराइ रहेका छन् ।

गहभरी आँशु निकाल्दै गौतमले भने ‘मिर्गौला प्रत्यारोपण खर्च धेरै लाग्छ मसँग त्यती पैसा छैन । कमाइको कुनै स्रोत पनि छैन । प्रत्यारोपणका लागि मिर्गौला दिने मान्छे पनि छैनन् ।’ विरक्तिदै गौतमले भने, ‘म आफ्नै जीवनदेखि निराश भइसकेको छु । डायलिसले त कति बाँचियला र ? आफूलाई सम्हाल्दै गौतमले थपे परिवारको खर्च नचल्दाको पीडा र डेढ वर्षको छोराको अनुहार र भविष्य हेर्दा मन सम्हाल्नै गाह्रो हुन्छ ।

हाल सुर्खेतस्थित प्रदेश अस्पतालमा गौतमसहित २९ जनाले नियमित डाइलासिस गराइरहेका छन् । उनी लगायत प्राय विरामीको पीडा एकै खालको छ । आर्थिक अभावका कारण मृत्यु पर्खिरहेका गौतम जस्ता मृगौला पीडितको कारुणिक व्यथा भनि साध्य छैन । उनिहरु सबैको एउटै अपेक्षा कोही दाताले सहयोग गरि दिएको भए उपचारमा सहज हुने थियो । कसैसँग पैसा छ, तर प्रत्यारोपणका लागि मिर्गौला दिने मान्छे छैनन् भने कसैसँग मान्छे छन् तर पैसा छैन ।

सबै पीडितका आ-आफ्नै कथा व्यथा भएपनि पीडा सबैका उस्तै-उस्तै देखिन्थे । पहिलाे प्रेस सँगको भेटमा उनीहरु सबैको एउटै भनाई थियो मर्ने रहर छैन, तर अब त बाँच्ने आधार पनि त छैन ।’

गौतम जस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-९, का भविन्द्र गुरुङलाई अचेल रोगभन्दा एक्लोपनको अनुभूतिले धेरै पीडा दिने गरेको छ । ३० वर्षिया गुरुङ्ग ८ वर्ष पहिले विदेश जाने तयारीमा थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि जाँच गराउँदा दुबै मृर्गौला फेल भएको देखियो । उनलाई स्यहार गर्ने मान्छे पनि कोही छैन । उनको घरमा बुढीआमा र भाइ छन् । आमाले स्याहार गर्न सक्नु हुन्न । भाइ आफ्नै काममा व्यस्त हुन्छन् ।

उनी सकिनसकी लतारिँदै आफै अटोरिक्सा खोजेर अस्पताल पुग्छन् । आफ्नै जीवनदेखि दिक्क मान्दै उनले भने, ॅडाइलासिसले धानेको जिन्दगी यसरी कति दिन चल्ला र ?’ उनले आमाले मृगौला दिएपछि नयाँ जीवन पाएका थिए ।

उपचारमा १५ लाख खर्च गरेका गुरुङ्गसँग अब न पैसा छ न कसैको साथ अनि बाँच्ने आशा नै । यस्तै मधुमेह र उच्च रक्तचापका कारण दुवै मिर्गौला फेल भएकी वीरेन्द्रनगर-११ कि ६४ वर्षीया विस्ना थापा मगर र जुम्ला कनकासुन्दरीका ६८ वर्षीय प्रेमसिंह रोकायालाई पनि अझै केही वर्ष बाँच्ने रहर छ ।
२०७४ सालबाट सुरु भएको डाइलाइसिस सेवा हालसम्म १ सय १४ जनाले लिएका छन् ।

विभिन्न कारणले दुवै मिर्गौला फेल भएका बिरामीहरूले हप्तामा दुई पटकसम्म निःशुल्क डाइलासिस सेवा दिइ रहेको अस्पतालले जनाएको छ ।

आवश्यक औषधीको जोहो भने विरामी आफैले गर्नुपर्ने हुन्छ । पछिल्लो समय प्रदेश अस्पताल स्वास्थ्य सेवामा अब्बल बन्दै गएको छ । कणर्ालीका दश जिल्लाका नागरिकले प्रदेश अस्पतालबाट स्वास्थ्य सेवा लिने गरेका छन् ।


सम्बन्धित समाचार