गढीमा राखियो पृथ्वीनारायण शाहको सालिक
सुर्खेत । आज पौष २७ गते अर्था राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती ।
३०० औं पृथ्वी जन्मजयन्तीको अवसरमा सुर्खेतको ऐतिहासिक बयलकाँडा गढीमा राष्ट्रनिर्माता शाहको पूणर् कदको सालिक स्थापना गरिएको छ ।
पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले सालिक स्थापना गरेको हो । पृथ्वी जयन्तीका अवसरमा मंगलवार पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतका उपरथी प्रेम शाहीले कालीबक्स गणा (ई) तथा नयाँ सवुज गणको सहकार्यमा सालिक अनावरण गरेका हुन् ।
वीरेन्द्रनगर-१४, गढीमा जीणर् अवस्थामा रहेको ऐतिहासिक कोत गढीको पछिल्लो समय नेपाली सेनाले संरक्षण गर्दै आइरेको छ ।
५ कट्ठा १३ धुर जग्गामा फैलिएको एतिहासिक कोतगढीमा यसअघि नेपाली सेनाले गढी प्रवेशद्वारमा गेट निर्माण गरेर ईतिहास उल्लेख दस्तावेजसहित पृथ्वी नारायण शाहको तस्वीर राखेको थियो ।
पहिलोप्रेस
२७ पुष २०७८, मंगलवार १३:३४