कर्णाली प्रदेशसभाको नवौं अधिवेशनकाे पहिलाे बैठक आज दिउँसो ३ बजे
सुर्खेत । आज (बुधबार) बाट कर्णाली प्रदेश सभाको नवौं हिउँदे अधिवेशन सुरू हुँदैछ ।
हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । गत असार ३० गते अन्त्य भएको आठौं हिउँदे अधिवेशन गत मंसिुर १४ गते नवनियूक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ विशेष अधिवेशन आह्वान गरिएको थियो । आज बस्ने हिउँदे अधिवेशनको पहिलो बैठकमा चार वटा एजेण्डा प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
जसअनुसार बैठकको सुरूमा प्रदेश सभा वैठक आह्वानसम्बनधी पत्र पढेर सुनाईनेछ । यस्तै मन्त्रालयको जिम्मेवारी बाँडफाँडबारे पनि संसदमा जानकारी गराईने बुढाथोकीले जानकारी दिए । संसदीय दलका शीर्ष नेताको भनाई राख्ने र विभिन्न विधेयकमाथि छलफल गर्ने एजेण्डासमेत रहेको बुढाथोकीले बताए ।
गत कार्तिक १६ गते पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सत्ता सञ्चालनमा आलोपालो गर्नेगरी गरिएको भद्र सहमति अनुसार पदबाट राजिनामा दिए पश्चात मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका जीवन बहादुर शाहीले सपथ खाएको करिव तीन महिना पुग्नै लाग्दा दुई मन्त्रालयमा दुई मन्त्री नियूक्त गर्न बाहेक सरकारलाई पूणर्ता दिन सकेका छैनन् ।
पछिल्लो समय विभागिय मन्त्रालयमा मन्त्री नभएपछि मुख्यमन्त्री आफैले सम्हाल्दै आएका पाँच मन्त्रालयबाट विनियोजन हुने रकममा मुख्यमन्त्री शाहीले आफूखुशी गरेको सक्ता साझेदार दल माओवादी केद्रका नेता तथा कार्यकर्ताहरुले आरोपसमेत लगाउन थालेका छन् ।
नेकपा माओवादी (केन्द्र) सुर्खेत जिल्ला समन्वय समितिका संयोजक कृष्ण जिसीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै भनेका छन् । ‘कणर्ाली प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्री नियुक्त हुन बाँकी रहेका मन्त्रालयको बजेट आफुखुसी ब्रेकडाउन गरि एकात्मक शैली प्रकट गरेका छन् । गठबन्धनको मान्यता बिपरीत गरिने उनको यो शैली महङ्गो सावित नहोला भन्न सकिन्न ।’
पहिलोप्रेस
२८ पुष २०७८, बुधबार १०:४०