Loading... आजः २ कार्तिक २०८२, आईतवार

एमाले दैलेख बिबाद समाधान गर्न प्रदेश इन्चार्ज कडेल दैलेख जादै

सुर्खेत । नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि भएको मतदानमा ३१ मत फर्जी भेटिएका कारण भएको बिबाद समाधान गर्न एमाले स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेल दैलेख गएका छन ।

दैलेखमा ७२१ मतदाता रहेकोमा ७१७ मत खसेको थियो । ती सबै मतपत्र मतगणना क्रममा खोलेर हेर्दा ७४८ भेटिएपछी एमाले दैलेखमा बिबाद भएको थियो । “एमाले बिबाद समाधान गर्न दैलेख जान लाग्नु भएको छ ।”

नेता कडेलका स्वकीय सचिब चतुर्भुज शाहीले भने, “उहाले आजै सबै पक्ष सङ्ग छलफल गर्ने कार्यक्रम तय भएको छ ।” एमाले दैलेखको जिल्ला अध्यक्षका लागि सुर्य बहादुर शाही र रबिन्द्र राज शर्माबिच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।


सम्बन्धित समाचार