Loading... आजः २ कार्तिक २०८२, आईतवार

प्रेस चौतारी दैलेख अध्यक्षमा पुस्कर थापा चयन

सुर्खेत । प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमा पूरुसोत्तम थापा .(पुस्कर) चयन भएका छन् । सोमबार भएको प्रेस चौतारीको छैटौं जिल्ला अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय कायौसमिति चयन गरिएको हो ।

अधिवेशनबाट थापाको नेतृत्वमा सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए । यस्तै, उपाध्यक्षमा हिक्मतबहादुर नेपाली, महिला उपाध्यक्षमा पानसरा सिंह, सचिवमा उदयराज अधिकारी, सह–सचिवमा यामराज विष्ट, समावेशी सह–सचिवमा धर्मरत्न थापा मगर र कोषाध्यक्षमा सिता शाहीलाई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा विजय शर्मा, निरुता कटुवाल, खगेन्द्र खड्का, हिमेन्द्र विक, पुजा भण्डारी, पवित्रा थापा मगर, सुरेन्द्रजंग शाही, हिमाल खत्री र लक्ष्मी शर्मा चयन भएका छन ।

अधिवेशनको नारायण नगरपालीका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै नगरप्रमुख खड्काले विचार संगठन र व्यवहारमा प्रेस चौतारी अग्रपंक्तीमा रहेनेछ भन्ने अपेक्षा गर्दै सक्षम नेतृत्व चयन र सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई सोमबार साझ नै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सह इन्चार्ज बिष्णु शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 


सम्बन्धित समाचार