दैलेखबाट नेपालगन्जका लागि छुटेकाे बस दुर्घटनामा पर्दा चार जना घाइते
कपिल शाही
सुर्खेत । कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
दैलेख देखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ ख ००१ नम्बरको बिहीबार दिउँसो एक बजेतिर बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्ग अन्तरर्गत सुर्खेतको बराहाताल–८ दमारे नजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ ।
उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन । घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा बिक नारायण नगरपालिका वर्ष ४१ का मिरा श्वर्णकार नारायण नगरपालिकाकै वर्ष २१ का एलिना पुलामि र डुङ्गेश्वर गाउँपालिकाका ४५ वर्षिका लक्ष्मि राना रहेका छन् ।
बसमा सवार १३ जना रहेको थिए । बस मालिकले नै बस चालक रहेका दुर्घटना हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
पहिलोप्रेस
१३ माघ २०७८, बिहीबार १५:३३